१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी

विद्युत् महशुलमा बाह्र अर्ब राहत

विद्युत् महशुलमा बाह्र अर्ब राहत
अ अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले प्रस्ताव गरेको विद्युत् महसुल छुटबाट मात्र सरकारले मासिक एक अर्ब रुपियाँको राहत प्रवाह गर्न खोजेको देखिएको छ । बजेटमार्फत १० युनिटसम्म निःशुल्कदेखि विभिन्न छुटको व्यवस्था गरेपछि नेपाल विद्युत् प्राधिकरणले गरेको विश्लेषणअनुसार ती छुट एक वर्ष उपलब्ध गराउँदा सरकारले १२ अर्ब रुपियाँको राहत पुग्ने देखिएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गनुभएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यको ५३औँ बुँदामा १० युनिटसम्म खपत गर्ने गार्हस्थ ग्राहकदेखि खानेपानी, सिँचाइ र उद्योग कारखानालाई विभिन्न खाले छुट दिइएको छ । १५० युनिटसम्मका ग्राहकलाई महसुलमा २५ प्रतिशत र २५० सम्म खपत गर्ने ग्राहकलाई १५ प्रतिशतको महसुल छुट दिने उल्लेख छ । त्यस्तै सिँचाइ र खानेपानी र उद्योगको डिमान्ड शुल्क पनि नलिने व्यवस्था गरिएको छ । उद्योगलाई अफ पिक आवरमा महसुलमा समेत ५० प्रतिशत छुट दिइएको छ । प्राधिकरणको आर्थिक विश्लेषण विभागको विश्लेषणअनुसार १० युनिटसम्मको विद्युत् निःशुल्क गर्दा मात्र यो वर्ष ६२ करोड ७० लाख रुपियाँ आम्दानी घट्ने छ । यसबाट करिब आठ लाख गार्हस्थ उपभोक्ता लाभान्वित हुने देखिएको छ ।

विद्युत्का साना ग्राहक आर्थिक रूपमा कमजोर देखिएकाले राहत दिन महसुल निःशुल्क हुने व्यवस्था गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताए । उनले भने, “विपन्नलाई राहत होस् भन्नका लागि बजेटमै १० युनिटभन्दा कम उपभोग गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराइएको हो,” विद्युत्का करिब ४१ लाख गार्हस्थ ग्राहक छन् । सङ्ख्यात्मक हिसाबले गार्हस्थ बढी लाभान्वित हुने देखिए पनि रकमका हिसाबले विद्युत् महसुल छुटको लाभ बढी मात्रामा उद्योग क्षेत्रले पाउने देखिएको छ ।

औद्योगिक ग्राहकलाई छ अर्ब ७५ करोड छुट
बजेटमा औद्योगिक ग्राहकलाई डिमान्ड शुल्क नलिने अफ पिक आवरमा महसुलमा ५० प्रतिशतको छुट दिन लागिएको छ । विभागका प्रमुख जयराज भण्डारीका अनुसार डिमान्ड चार्जबापत छुट दिँदा पाँच अर्ब रुपियाँ छुट हुने देखिएको छ । त्यस्तै अफ पिकको छुटबापत एक अर्ब ७५ करोड प्रवाह हुने देखिएको छ ।

खानेपानी र सिँचाइमा २१ करोड राहत
खानेपानीका लागि प्रयोग हुने बिजुलीको डिमान्ड चार्ज (न्यूनतम शुल्क)मा छुट दिने व्यवस्थाले करिब १८ करोड ७० लाख रुपियाँ महसुल कम उठ्ने देखिएको छ । यो व्यवस्थाबाट खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), देशभरका खानेपानी कार्यालय र खानेपानी उपभोक्ता समितिले वितरण गर्ने पानीको विद्युत् महसुलमा न्यूनतम शुल्क मिनाहा हुनेछ ।
यस्तै कृषकलाई सीधै राहत पुग्ने गरी सिँचाइमा प्रयोग हुने विद्युत्को पनि डिमान्ड शुल्क (न्यूनतम शुल्क)मा मिनाहा गरिने भएको छ । दुई बिघा वा सोभन्दा बढी जमिन भएका किसानलाई व्यक्तिगत र दुई बिघाभन्दा कम जमिन भएकालाई डिप तथा स्यालो ट्युबवेलमार्फत सिँचाइ गर्ने किसानलाई सामूहिक रूपमा छुुट दिन लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ । करिब एक लाख ४० हजार यस्ता ग्राहकलाई न्यूनतम शुल्कमा छुट दिँदा वर्षभरमा दुई करोड ५७ लाख रुपियाँ मिनाहा पाउने देखिएको छ ।

सरकारले विद्यु्त्मार्फत छुट व्यवस्था गरेपछि प्राधिकरण व्यवस्थापन भने यस्तो छुट वर्ष दिन भर हो या लकडाउन अवधिभर भन्नेमा द्विविधामा रहेको छ । यसले आफ्नो सङ्स्थाको वित्तीय स्वास्थ्य बिग्रने हो कि भन्नेमा प्राधिकरणका उच्च अधिकारी चिन्तित छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्, “अप्ठेरो समयमा जनतालाई राहत दिन पाउनु खुसीकै कुरा हो । मासिक अर्बौं रुपियाँको नोक्सानी हुनेबारे सरकारले पनि सोचेको होला । बजेट वक्तव्यमा छुटको व्यवस्था गरिएको छ तर भरणपोषण प्राधिकरणलाई कसरी गर्ने भन्ने उल्लेछ छैन । ”
गत आर्थिक वर्ष २०७५/७६ मा नौ अर्ब ८३ करोड खुद नाफा आर्जन गरेको प्राधिकरणले चालू आर्थिक वर्षका लागि नौ अर्ब ५० करोड नाफा हुने प्रक्षेपण गरेको थियो । कोरोना महामारीका कारण प्राधिकरणले अहिले महसुल उठाउन समस्या परिरहेको छ भने विद्युत् उत्पादकलाई भुक्तानी नियमित गर्ने दबाबसमेत खेपिरहेको छ । गोरखापत्र दैनिक