२९ भाद्र २०८३, सोमबार
,
Latest
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व शान्तिको कामना गर्दै मच्छिन्द्रनाथको मन्दिरमा दिप प्रज्वलन



अ+ अ-

काठमाडौं । विश्व शान्तिको कामना गर्दै ललितपुर स्थिति मच्छिन्द्रनाथको मन्दिरमा दिप प्रज्वलन गरिएको छ ।  

न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १ सय ८ दिप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेको हो । समितिका अध्यक्ष आशारत्न शाक्यले विश्वभर फैलिदै गएको कोभिड–१९ महामारीको निवारणका लागि प्राथना र विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको बताउनुभयो । उहाँले मच्छिन्द्रनाथ देवसँग विश्वभर शान्ति अमनचयन कायम गर्ने शक्ति रहकोले दिप प्रज्वलन गरी प्राथना गरिएको बताउनुभयो ।

मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजाआजा गरी दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलनका लागि समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष शाक्यले बताउनुभयो ।