५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईओईका महासचिव सान्तोस नेपाल आउँदै



अ+ अ-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको निमन्त्रणामा रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन आइओइका महासचिव रोबर्टो सुवारेज सान्तोस तीन दिने नेपाल भ्रमणमा आउन लाग्नु भएको छ ।

विश्वभरका रोजगारदाताहरुको अन्तराष्ट्रिय संस्था आइओइका महासचिव सम्भवतः पहिलो पटक नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा रहनु हुनेछ ।

यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलन ९क्ष्लतभचलबतष्यलब िीबदयगच ऋयलाभचभलअभ० मा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो ।

१९२० मा स्थापना भई जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय रोजगारदाताहरुको संगठन (आइओई) विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको सञ्जाल हो । जसले १४० भन्दा बढी देशहरूमा रहेका १५० भन्दा धेरै रोजगारदाताहरुको संगठनहरूलाई प्रतिनिधित्व गर्छ । नेपालमा महासंघ आइओइको सदस्य हो ।

नेपालमा रहँदा सान्तोसले महासंघ अध्यक्ष लगायत पदाधिकारीसंग छलफल गर्नु हुनेछ । यसैगरि नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुसंग पनि सान्तोसको भेटघाटको कार्यक्रम तय भएको छ ।

अध्यक्ष ढकालका अनुसार यस भ्रमणले महासंघ र आइओइबीचको सम्बन्ध थप सुदृढ हुनाको साथै नीतिगत सहकार्य सुदृढ हुने महासंघले विश्वास लिएको छ ।

छलफलका क्रममा नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नती र यसले नेपालको अन्तरराष्ट्रिय व्यापारमा पार्ने प्रभाव र निजी क्षेत्रको प्रतिस्पर्धात्मकत्मक क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल हुने महासंघका अध्यक्ष ढकालले बताउनु भयो ।