१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न—फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन

विमान प्रयोग गरी सगरमाथाको सर्भे

विमान प्रयोग गरी सगरमाथाको सर्भे
अ अ+ अ-

काठमाडौं । नेपाली आकाशमा अहिले चिनियाँ विमान फाट्टफुट्ट उडेको देख्न सकिन्छ। तर, ती व्यावसायिक वा चार्टर्ड उडान भने होइन। अन्य कुनै उद्देश्य नभई सगरमाथाको उचाइ लिनका लागि चिनिया विमान आकाशमा उडेका नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। चीनले आफ्नो क्षेत्रबाट सगरमाथाको उचाइ नाप्ने प्रक्रियाअन्तर्गत सर्वेक्षण सुरु गरेको हो। दुईदेशबीचको कूटनीतिक सम्झौतापछि सरकारको निर्देशनमा नै सगरमाथा क्षेत्रमा चिनियाँ सर्वेक्षण विमान उडानका लागि अनुमति दिइएको महानिर्देशक पोखरेलले बताए। चिनियाँ साइडबाट सर्वेक्षणका लागि दुई सेप्टेम्बर ३० देखि डिसेम्बर ३१ सम्मका लागि दोस्रो चरणको समय निर्धारण गरिएको छ। सर्वेक्षणका लागि सफा मौसम आवश्यक पर्ने भएकाले पहिलो चरणअन्तर्गत अहिले चीनको साइडबाट सगरमाथाको उचाइ नाप्ने काम भइरहेको बताउँदै पोखरेलले सर्वेक्षणका लागि उडान हुने समयमा काठमाडौं विमानस्थललाई टावर सम्पर्क कार्यालय तोकिदिएको जानकारी दिए। नेपालमा वर्षायाम सुरु हुने भएकाले जुन २० देखि उता सेप्टेम्बर २९ सम्म सगरमाथा उचाइ मापनको काम रोकिने बताइएको छ।

यता, नेपालको साइडबाट पनि सर्वेक्षणको काम २०७६ पुसतिर नै सकिएको नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए। २०७४ माघबाट समरमाथाको विभिन्न कोणबाट उचाइ नाप्ने काम सुरु गरिएको थियो। सगरमाथाको उचाइ नाप्न नेपालले यसपटक परम्परागत र आधुनिक विधि गरी दुवै विधि अपनाएको उनको भनाइ छ। सूचना अधिकारी ढकालका अनुसार परम्परागत विधि अन्तर्गत लेबलिङ विधि रहेको छ। यसमा समतलन नापि र त्रिकोणमितिय नापी पर्दछ। समतलन नापीमा पनि परिशुद्घ समतलन र त्रिकोणमितिय समतलन नापि रहेको छ। आधुनिक विधि अन्तर्गत ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम (जीएनएसएस) रहेको छ। अर्को गुरुत्वोकार्षण सर्वेक्षण विधि रहेको छ। परम्परागत तथा नयाँ विधिबाट नापी लिएपछि सर्भे करेक्सनका लागि यो विधि गर्न अत्यन्त जरुरी हुने ढकालले बताए। सगरमाथाको चुचुरोमा ग्राउन्ड पेनिट्रेटिङ राडर (जीपीआर) विधिबाट सर्वेक्षण गरिएको थियो। त्यसपछि मौसमसम्बन्धी तथ्यांक पनि लिन जरुरी हुन्छ भनी ढकाल भन्छन्।

यी सबै सर्वेक्षणका विधि सकेर गत पुसमा सर्वेक्षण टोली फर्किएर तथ्यांक चेकजाँचको काम भइरहेकोमा लकडाउनका कारण अहिले रोकिएको ढकालले जानकारी दिए। तथ्यांक संशोधनको अन्तिम तयारीमा रहेको बेला कोरोनाका कारण लकडाउन लागु भएपछि काम रोकिएको भन्दै ढकालले नभए गोष्ठी गरेर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारीमा नापी विभाग रहेको बताए। विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्दछ। हाल सगरमाथको उचाइ ८,८४८ मिटर रहेको छ। सो उचाइको मापन सन् १९५२ देखि १०५४ सम्म छिमेकी मुलुक भारतमा बेलायती उपनिवेशको सरकारको समयमा भएको थियो। सर्भे अफ इन्डियाका बी।एल गुलाइटीको समूहले गरेको यो मापनलाई अहिलेसम्म विश्वले नै मान्यता दिइरहेको छ। त्यसपछिका समयमा पनि विभिन्न मुलुकले सगरमाथाको उचाइको मापन गरेको भए पनि अपानाइएका विधिका कारण तीनलाई अन्तर्राष्ट्रिय मान्यता दिएको पाइँदैन। अन्नपुर्णपोष्ट दैनिक