१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न—फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन

केएमसीका चिकित्सकमा कोरोना संक्रमण, अस्पताल बन्द

केएमसीका चिकित्सकमा कोरोना संक्रमण, अस्पताल बन्द
अ अ+ अ-

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालका पाँच जनामा कोरोना संक्रमण प्रमाणित भएको छ । दुई चिकित्सक, एक नर्स र दुई बिरामी गरी पाँच जनामा कोरोना संक्रमण प्रमाणित भएको हो । ट्रेसिङ कार्य जारी रहेको र संक्रमित चिकित्सकको संख्या मंगलबारसम्म एक रहेकोमा बुधबार अर्का एक चिकित्सक पनि थपिएका छन् । मंगलबार ४ जना संक्रमित देखिएसँगै राति नै सूचना निकालेर अस्पताल बन्द गरिएको केएमसी मेडिकल कलेजका प्रमुख प्राडा चन्दा कार्कीले बताए ।

केएमसीले कोरोना विशेष अस्पताल दुवाकोट भक्तपुरमा स्थापना गरेको भए पनि सिनामंगलमा बिरामी, चिकित्सक र नर्समा कोरोना संक्रमण देखिएको छ । कोरोना पुष्टि भएका विभागहरूमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको अस्पतालले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ । चिकित्सक र बिरामीमा कोरोना संक्रमण भएको भन्दै अस्पतालको आकस्मिक सेवासमेत बन्द गरिएको छ । अहिले पनि ६० भन्दा बढी बिरामीले सोही अस्पतालमा उपचार गराइरहेका छन् । बिरामी र कुरुवाको स्वाब कलेक्सन गरी परीक्षण रिपोर्ट नआएसम्म अस्पताल बाहिर जान रोक लगाएको मेडिकल कलेजका प्रमुख डा. कार्कीले बताए ।

उनले भने– ‘जति पनि भर्ना भएका बिरामी हुनुहुन्छ उहाँहरूको सुरक्षित तरिकाले यही अस्पतालमा उपचार भइरहेको छ । यस्तो अवस्थामा संक्रमित अस्पताललाई सिल गरेर भर्ना भएका बिरामीलाई डिस्चार्ज नगरी परीक्षण गर्नुपर्ने हुन्छ ।’ बिरामी मात्र नभई ट्रेसिङमा बिरामी कुरुवा, भिजिटर, चिकित्सक, नर्स, कर्मचारी सबै तानिने हुनाले झन्डै २ सयको हाराहारीमा टे«सिङको संख्या पुग्ने अनुमान गरिएको उनले बताए । यदि यो अस्पतालको क्षमताभन्दा बढी संख्यामा संक्रमण देखिएमा सरकारले संक्रमितलाई व्यवस्थित तरिकाले अर्को अस्पतालमा सार्न सक्ने हुँदा कसैले चाहेर पनि डिस्चार्ज भने हुन नपाउने डा. कार्कीले बताए । नेपाल समाचारपत्र दैनिक