१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न—फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

निजी विद्यालयको सरकारलाई चेतावनी: माग सम्बोधन नभए साँचो बुझाउँछौं

निजी विद्यालयको सरकारलाई चेतावनी: माग सम्बोधन नभए साँचो बुझाउँछौं
अ अ+ अ-

निजी विद्यालयका संस्था प्याब्सन र एन–प्याब्सनले आफ्ना माग पूरा नभए देशैभरिका विद्यालयका साँचो बुझाउने चेतावनी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयप्रति भर्ना गर्न नदिने र विद्यालय पनि खोल्न नदिएर पेलेर जाने नीति अघि बढाएपछि निजी विद्यालयसँग आबद्ध दुई संगठनले साँचो बुझाउने चेतावनी दिएका हुन् । उनीहरूले यथाशीध्र माग सम्बोधन नगरे जिल्लास्थित निकायमार्फत शिक्षामन्त्री पोखरेललाई साँचो बुझाउने चेतावनी दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र दुई संस्थाका अधिकारीबीच अस्ति मंगलबार भएको वार्तामा प्याब्सनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाले यही अवस्था भए साँचो बुझाउने चेतावनी दिएका हुन्। मन्त्री पोखरेलले बिहान बोलाएको बैठकमा दुई संस्थाले तयार पारेको ११ बुँदे माग पत्र पेस गर्दै वरिष्ठ उपाध्यक्ष बानियाले निजी विद्यालयहरू चरम आर्थिक संकटमा पर्न थालेको उल्लेख गर्दै त्यस विषयमा तत्काल सम्बोधन गर्न माग गररेका थिए।

भेटका क्रममा मन्त्री पोखरेलले सरकार निजी विद्यालयको विरोधी नभएको स्पष्ट पार्दै मागको विषयमा छलफल गर्न तयार रहेको बताए । उनले छलफलपछि प्राप्त धारणा कोभिड समितिलाई पेस गर्ने तयारी गरेका छन् । तत्काल विद्यालको प्रशासन खोल्ने र अनलाइनमार्फत पढाइ शुरू गर्ने विषयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेका कोभिड–१९ उच्चस्तरीय समितिमा प्रस्ताव लैजाने र सो प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गराई तत्काल अनलाइनमार्फत भर्ना प्रक्रिया अघि बढाउन पहल गर्ने उनले बताए । आफ्नै कारणले विवादित बन्दै गएका मन्त्री पोखरेलले आफ्नो भनाइ सार्वजनिक गर्न पत्रकार गुहारेका छन् । उनले आज बिहीबार बिहान १० बजे भर्चुअल पत्रकार सम्मेलन गरेपछि १ बजे प्याब्सन र एन–प्याब्सनसँग छलफल गर्नेछन् ।

मन्त्रीको भनाइ उद्धृत गर्दै एक अधिकारीले भने– ‘मन्त्रीज्यूले तपाईंहरू नआत्तिनोस् हामी दुईरचार दिनमा केही न केही निर्णयमा पुग्नेछौं भन्नुभएको छ त्यसो भनेपछि निजी विद्यालयको आशा पलाएको छ ।’ प्याब्सनका महासचिव कुमार घिमिरेले मन्त्री पोखरेलले आग्रह गरेअनुसार केही दिन पर्ख र हेरको अवस्था आएको उल्लेख गरे । दुई संस्थाले गत वर्षको पुरानो शुल्क उठाएर केही रकम भए पनि शिक्षक कर्मचारीको व्यवस्थापन गर्न सहज हुने भएकाले अनलाइन भर्ना र पढाइको वातावरण तयार गर्न मन्त्री पोखरेललाई आग्रह गरेका हुन् । प्याब्सन महासचिव घिमिरेले भने– ‘रकम उठाएर हामी दुःख दिन चाहेको होइन दिन सक्ने र भएका अभिभावकसँग लिएर शिक्षक–कर्मचारीका लागि केही महिनाको तलब दिन मात्र खोजेका हौं ।’

अधिकांश निजी विद्यालयका शिक्षकले पढाउने काम गरिरहेको उल्लेख गर्दै उनले भने– ‘यो अवस्थामा काम नगरेर घरमै बसेको भए पनि तलब दिनुपथ्र्यो, अहिले त पढाइमै व्यस्त रहेका शिक्षकलाई तलब खुवाउन पनि समस्या परेको छ ।’ एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले मन्त्री पोखरेलले आश्वासन मात्र दिने गरेको आरोप लगाए । उनले भने– ‘हाम्रो मागका बारेमा सुनिमात्र रहनुभयो । पूरा गर्छु भनेर भन्नुभएन ।’ पछिल्लो समय मन्त्रालयले गरेको निर्णयलाई आफूले नगरेको भन्दै मिडियाबाजी गर्नुभएका मन्त्री पोखरेलले अर्थमन्त्रीका कारण केही समस्या भएको बताएका थिए । मावि तहको निजी विद्यालयलले सामुदायिक विद्यालयलाई सहवरण गर्ने विषय अकस्मात् आएकोमा आफू आश्चर्यचकित भएको बताउने गरेका मन्त्री पोखरेलले सरकारी विद्यालय सुधार गर्न निजीले पनि सहयोग गर्नुपर्ने बताउँदै आएका थिए ।

भेटका क्रममा प्याब्सनका सहअध्यक्ष डीके ढुंगाना, वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानिया, महासचिव कुमार घिमिरे र भवानीप्रसाद पौडेलको सहभागिता रहेको सहभागिता रहेको थियो । एन–प्याब्सनको तर्फबाट अध्यक्ष ऋतुराज सापकोटा र महासचिव सुवास न्यौपाने थिए । भेटमा मन्त्री पोखरेलले कोरोना महामारीका कारण थला परेका निजी विद्यालयलाई सहुलियत ऋण उपलब्ध गराउन मन्त्रालयले पहल गरिरहेको बताएका थिए । दुई संस्थाले पुरानो बाँकी रहेको शुल्क दिन चाहने अभिभावकसँग रकम लिन पाउनुपर्ने, अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने, भर्ना प्रक्रिया थालनी गर्नुपर्नेलगायतका माग पेस गरेका थिए । प्याब्सन महासचिव घिमिरेले दुईवटै निकायले कुनै पनि नाजायज माग पेस नगरेको बताए । नेपाल समाचारपत्र दैनिक