२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णयमा तीन नेताका फरक मत



file photo
अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याउन नहुने एमाले केन्द्रीय कमिटीको निर्णयमा तीन जनता नेताहरूले असहमति जनाउनुभएको छ ।

मंगलबार राति सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकमा अन्य सबै सदस्यहरूले देशकै अभिभावक र नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति पुन राजनीतिक दलको झण्डा बोकेर हिँड्दा नकारात्मक सन्देश जाने भन्दै उहाँलाई सक्रिय राजनीतिमा ल्याउन नहुन सुझाव दिनुभएको थियो ।

‘नेपाली सेनाको परमाधिपति भइसकेको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा पुगेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षण गर्ने व्यक्तित्व, नेपाली सेनाको परमाधिपति, साझा व्यक्तित्व, राष्ट्रको गौरव, गणतन्त्रको प्रतीक, देशकै अभिभावक राजनीतिक दलको कार्यकर्ता वा नेता हुने कुरा हाम्रा स्थापित मान्यताले पनि राम्रो हुँदैन, हामीले दिएको सम्मानमा कुनै कमी हुन दिनुहुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नु पर्छ, उहाँ राष्ट्रिय व्यक्तित्व हो, राष्ट्रको गौरव हो, हाम्रो पनि गौरव हो, यस्तो परिप्रेक्षमा उहाँ राजनीतिमा आउनु हुँदैन, यो गलत नजिर र अभ्यास हुन्छ भन्ने निष्कर्ष केन्द्रीय कमिटीले निकालेको छ’, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठक पछि पत्रकारहरूलाई जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कमिटी बैठकले गरेको सो निर्णयमा पार्टीका उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएको गौतमले जानकारी दिनुभयो । ‘केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गरेपछि उहाँहरूले उठेर सहमति जनाउनु भएको छ’, गौतमले भन्नुभयो ।

केन्द्रीय कमिटी बैठकमा २ सय ६४ जना सदस्यहरूले भाग लिनु भएको थियो । ती मध्ये तीन जना सदस्यहरूले मात्र सो निर्णयमा असहमति जनाउनुभएको छ ।

बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव पनि विधान महाधिवेशनमा लैजाने निर्णय गरेको छ । बैठकमा बोल्ने केन्द्रीय सदस्यले अझै एमाले पार्टीमा केपी ओलीकै नेतृत्व आवश्यक रहेको धारणा राख्नु भएको थियो । उहाँहरूले केपी ओलीकै नेतृत्वमा मिसन २०८४ मा जानु पर्ने सुझाव दिनुभएको थियो ।




भर्खरै