२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रिय कमिटी बैठकमा विद्या भण्डारीलाई राजनीतिमा ल्याउन नहुने मत बलियो



अ+ अ-

काठमाडौँ । नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेश गराउन नहुने मत बढेको छ ।

केन्द्रिय कमिटीको सोमवार र मंगलवारको बैठकमा बोल्ने अधिकांश नेताहरुले भण्डारीलाई राजनीतिमा प्रवेश गराउन नहुने मत राखेका हुन् । उनीहरुले गणतन्त्रको गौरवको रुपमा रहिसकेको व्यक्ति कुनै दलमा आउने की नआउने कुरा प्राविधिक विषय मात्रै नभएको बताए । बैठकबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्रको गौरवको रुपमा रहीसकेको व्यक्ति कुनै राजनीतिक दलमा प्रवेश गर्नेकुरा एउटा राजनीतिक दलको विषय मात्रै नभएको बताउनु भयो । उहाँले यो विषयलाई आागमी दिनमा पर्ने प्रभावलाई मध्यनजर गरेर संविधानको भावना र मर्मअनुसार नजिर स्थापित हुनेगरी निर्णय लिनुपर्ने बताउनु भयो । केन्द्रिय कमिटीको बैठकले यसबारे निर्णय लिने उहाँको भनाइ छ । एमालेमा १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म केन्द्रिय कमिटीका ५८ जना सदस्यहरुले धारणा राख्नुभएको छ । अब ७७ जना बाँकी हुनुहुन्छ । बैठकमा पार्टी सदस्यताको विषय गम्भीरतापूर्वक उठेको छ । अधिकांश सदस्यहरुले पार्टी सदस्यता दुई वटा राख्नु उचित भएको बताउनुभएको छ । यसलाई सशक्त ढंगले कार्यान्वयन गर्नुपर्ने राय आएको छ । नेकपा एमालेको १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको छ । २८ प्रतिशत सदस्य संख्या वृद्धि भएको छ । सरकारको प्रभावकारीता, महंगी नियन्त्रण, डेलीभरी व्यवस्थित गर्ने, सुशासन कायम गर्न विशेष जोड दिन सुझाव आएका छन् । पूर्वराष्ट्रपतिज्युको पार्टी सदस्यता नविकरण र पार्टीमा प्रवेश गर्नेकुरा अधिकांश सदस्यहरुले जिज्ञासा राखेका छन् । साझा व्यक्तित्व भइसकेको, गणतन्त्रको गौरवको रुपमा रहिसकेको व्यक्ति कुनै दलमा आउने की नआउने कुरा प्राविधिक र एउटा पार्टी विशेषको विषय होइन । यो नयाँ विषय हो । यसले भोलि जनतामा, प्रणाली, व्यवस्थामा के प्रभाव पर्दछ, संविधानको भावना र मर्मको कस्तो नजिर र अभ्यास हुन्छ भन्नेकुरामा पार्टीले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने अधिकांश केन्द्रिय सदस्यहरुको जोड छ । यो निकै महत्वको विषय भएकाले केन्द्रिय कमिटीको बैठकले निर्णय लिनेछ ।’

उहाँले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा प्रवेश गर्न दिनेकुरा राजनीतिक आन्दोलनमा पार्ने प्रभावलाई ध्यानमा राखेर निर्णय हुने पनि बताउनु भयो ।




भर्खरै