२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई नेपालमै रोजगारी दिन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यसतो बताउनुभएको हो । उहाँले यसमा मन्त्री एक्लैले नसक्ने भन्दै सबै मिलेर वृहत कार्ययोजनासहित काम गर्नुपर्ने बताउनु भयो । उहाँले महिलालाई टे«निङ दिँदा महिलाले आफ्नै गाउँघरमा रोजीरोटी पाउने बताउनु भयो । विदेशमा श्रम गर्न गएका महिलाको समस्या समाधानमा सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले समस्यामा परेका नागरिकको उद्धारमा सरकारले सधैँ प्राथमिकताका ासथ काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्री एक्लैले केही गर्न सक्दैन । तपाईंहरु मिलेर वृहत गर्न सक्नुहुन्छ । महिलालाई टे«निङ दिँदा महिलाले आफ्नै गाउँघरमा रोजीरोटी पायो भने बाहिर जाँदैन । जो महिला विदेशमा श्रम गर्न जानुभएको छ । उहाँहरुलाई कठिनाइ भएको छ भने तपाईंहरुले जानकारी दिनुभयो भने त्यमसा दत्तचित्त भएर उहाँहरुको उद्धारको लागि लाग्नेछौँ । हुनतः यो काम श्रम, रोजगार मन्त्रालयको हो । तर महिला दिदिबहिनीको लागि मन्त्रालय सदैव तयार रहन्छ ।’

मन्त्री सुडीले विदेशमा रहेका महिलाहरुको उद्धार, व्यवस्था र सुरक्षित गर्न सरकार सदैव तयार रहेको बताउनु भयो ।