८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपीले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक: सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीको सिद्धान्त र स्थापित मूल्य मान्यताले नै कांग्रेस आजको स्थितिमा आएको बताउनु भएको छ ।

बीपी स्मृति दिवसका अबसरमा बी।पी। स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आज बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताउनु भएको हो । सभापति देउवाले बीपीका कालजयी विचार ग्रहण गर्न सकेमात्र सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको छ ।’

उहाँले भन्नुभयो ‘बीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन हो ।’

राष्ट्रिय एकता, सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि देउवाले बताउनु भयो ।