३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एमालेमा गोडमेल सुरु, पार्टी संरचना घटाएर चुस्त बनाइँदै

एमालेमा गोडमेल सुरु, पार्टी संरचना घटाएर चुस्त बनाइँदै
अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय च्यासलमा हिजोदेखि सुरु भएको बैठकले आज पनि निरन्तरता पाउँदै छ ।

केन्द्रीय कमिटीको बैठकमा विधान संशोधन प्रस्तावमाथि व्यापक छलफल भइरहेको छ । उपाध्यक्ष विष्णु पौडेलले पेश गर्नुभएको विधान संशोधन प्रस्तावमा नेताहरुले धारणा राख्ने क्रम जारी छ ।

एमालेले पार्टी कमिटी चुस्त बनाउने लक्ष्यसहित सांगठनिक संरचनामा व्यापक फेरबदलको तयारी गरेको छ । नयाँ विधान संशोधन प्रस्तावअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको संख्या घटाउने, सचिवालय खारेज गर्ने, वरिष्ठ उपाध्यक्ष पद हटाउनेजस्ता निर्णयमा एमाले अग्रसर भएको छ ।

विधान संशोधन प्रस्तावमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था गरिएको छ । हालको विधानमा १९ जना पदाधिकारी छन् । प्रस्तावअनुसार अब अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ हुनेछन् । यसैगरी ३ सय ०१ सदस्यीय केन्द्रीय कमिटीलाई २ सय ५१ मा सीमित गरिनेछ ।

निवर्तमान अध्यक्ष स्वत: वरिष्ठ नेता हुने प्रावधान पनि हटाइएको छ । पार्टीले अनिर्वाचित व्यक्तिलाई कार्यकारी तहमा राख्नु लोकतान्त्रिक मूल्यविरुद्ध भएको निष्कर्ष निकालेको छ ।

एमालेको प्रस्तावित नयाँ विधानमा केन्द्रीय सचिवालयको व्यवस्था खारेज गरिएको छ । पदाधिकारी नै सचिवालयका सदस्य रहने व्यवस्था अब हटाइने छ ।

एमालेमा अब केन्द्रीय तहमा स्थायी कमिटी र पोलिटब्युरो मात्रै रहनेछ । स्थायी कमिटीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहनेछन्, हाल यो संख्या ४५ छ । पोलिटब्युरो सदस्य संख्या पनि घटाइनेछ । प्रस्तावअनुसार केन्द्रीय कमिटीबाट एकतिहाइ सदस्य पोलिटब्युरोमा चयन गरिनेछ ।

एमालेले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाएको छ । पार्टीले अध्यक्षलाई कार्यकारी प्रमुखको हैसियतमा राखेर अन्य सबै पदाधिकारी र समिति अध्यक्षप्रति जवाफदेही रहने बहुपदीय प्रणाली कायम राखेको छ ।

एमालेको संशोधित विधानमा पार्टी सदस्यता दुई प्रकारको हुने व्यवस्था गरिएको छ । साधारण सदस्य र संगठित सदस्य । संगठित सदस्यता ती नागरिकलाई दिइनेछ जो पार्टीको नीति, नेतृत्व र संगठन निर्माणमा प्रत्यक्ष संलग्न छन् ।

प्रदेश तथा जिल्ला कमिटीमा कम्तिमा एक महिला रहने गरी दुई उपसचिवको व्यवस्था गरिएको छ । पार्टीलाई वडादेखि टोल तहसम्म विस्तार गर्ने लक्ष्यसहित सम्पर्क समिति संरचना थप सुदृढ गरिनेछ । काठमाडौं उपत्यकामा मतदाता नामावलीमा नाम रहेको व्यक्ति कुनै सम्पर्क कमिटी वा मञ्चको पदाधिकारी बन्न नपाउने प्रावधान पनि प्रस्तावमा उल्लेख छ ।