१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

हज समितिमा विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई नियुक्त नगर्न खबरदारी

हज समितिमा विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई नियुक्त नगर्न खबरदारी
अ अ+ अ-

काठमाडौं । मुस्लिम समुदायका अगुवाहरुले नेपाल हज समिति २०७२ को कार्यविधि अनुसार तत्काल गठन गर्न माग गरेका छन् । सरकारले हज समिति गठन गर्ने तयारी गरेको बेला उनीहरुले समुदायको भावना विपरीत गठन नगर्न खबरदारी गरेका हुन् ।

हाल कार्यान्वयनमा रहेको कार्यविधिले समुदायको पक्षमा काम नगर्ने भन्दै उनीहरुले चरम असन्तुष्टि जनाएका हुन् । सरकारले नयाँ कार्यविधि अनुसार गठनको गृहकार्य गरेको जानकारी पाएपछि अगुवाहरुले भने एक त गठन प्रक्रिया नै गलत छ, दोस्रो जसलाई अघि सार्न खोजिएको छ उहाँ विवादास्पद पृष्ठभूमिको हुनुहुन्छ त्यसले भोलिका दिनमा समस्या पर्न सक्छ ।

गृह मन्त्रालयले मोरङका अताबुल मन्सुरीलाई समितिको अध्यक्ष बनाउने तयारी गरेपछि समुदायका अगुवाहरुले असन्तुष्टि जनाएका कारण मन्त्रालय सो निर्णय हाल स्थगन गरेको छ ।

मन्सुरीको विगतको पृष्ठभूमि विवादास्पद रहेका कारण मन्त्रालय निर्णय गर्न हच्किएको हो । २०७६ सालमा मन्सुरी हज कमिटिका सदस्य रहेका बेला हजयात्रीको राहादानी लुकाएको भन्दै मुस्लिम आयोगका तत्कालीन पदाधिकारीले कार्यकक्षमा नै हातपात गरेका थिए ।

साथै २०८१ सालमा जाजरकोट भूकम्पका बेला पीडितका नाममा संकलन भएको राहत रकम पनि वितरण नगरेको भन्दै मुस्लिम संघका पदाधिकारीले बताए । उक्त रकमको हिसाव किताब पटक पटक माग्दा पनि आलटाल गरी संघको प्रतिष्ठा माथी आँच आउने कार्य गरेको पनि ति पदाधिकारीले बताए ।

नेपाली कांग्रेस मुस्लिम संघका अध्यक्ष समेत रहेका मन्सुरीलाई एमाले र काग्रेसका केही विवादास्पद तथा बदनाम व्यक्तिहरुले साथ दिएको आरोप अगुवाहरुले लगाएका छन् । उनीहरुले २०७२ को कार्यविधि विपरीत गठन गर्दा सञ्चित कोषमा रहेको रकमको दुरुपयोग हुन सक्ने आशंका पनि उनीहरुले गरेका छन् ।

मन्सुरी बिरुद्ध २०७४ सालमा हज समितिको सदस्य रहँदा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा उनी पाँच लाख रुपिया धरौटीमा रिहा भएका थिए ।

पुरानो समितिको समय अझै १० महिना बाँकी रहेका बेला हतारहतार मन्त्रीपरिषद्ले पास गरेको गठन आदेश कानून विपरीत रहेको भन्दै अदालत जाने तयारी भएको एक अगुवाले जानकारी दिनुभयो ।