४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यको निधन



अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिकाका पूर्वप्रमुख तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ ।

बज्राचार्यको शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

बज्रचार्य २०२७ सालमा तत्कालीन ललितपुर नगरपालिका वडा नंं. १७ को वडाध्यक्ष हुनुभयो । २०३२ सालमा पहिलोपटक ललितपुर नगरपालिकाको प्रधानपञ्च निर्वाचित भएर उहाँले लगातार ११ वर्ष काम गर्नुभयो ।

२०४६ सालमा पुन: प्रजातन्त्र आएपछि एमालेबाट २०५४ देखि २०५९ सालसम्म ललितपुरको नगरप्रमुखको रुपमा जिम्मेवारी पूरा गर्नुभयो । २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट पुन: नगरप्रमुख मनोनीत हुनुभएका वज्राचार्य तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट मनोनीत भएर २०६० सालमा ललितपुरको नगरप्रमुख हुनुभयो ।

२०६१ सालमा राजा ज्ञानेन्द्रले अफ्नै नेतृत्वमा गठन गरेको मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री नियुक्त समेत हुनुभयो ।

बज्राचार्यको श्रीमती, २ छोरा र १ छोरी छन् । बज्राचार्यका कान्छा छोरा अमेरिकाबाट आज अन्तिम श्रद्धाञ्जली अर्पण गरी सतगत गरिने बताइएको छ ।

त्यसअघि पार्थिव शरीरलाई विहान निवासमा र त्यसपछि बौद्ध विहारमा श्रद्धाञ्जलीका लागि राखिने परिवार स्रोतले जनाएको छ ।