३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एमालेको निष्कर्षः भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन

पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित

एमालेको निष्कर्षः भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन
अ+ अ-

काठमाडौं । नेकपा  एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण पेण्डिङमा रहेको बताएको छ ।

पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी गराउनुभएको हो । उहाँले पार्टीको विधानको धारा ८ र ९ आकर्षित हुने भएकाले यो विषय पेण्डिङमा रहेको बताउनु भयो ।

राष्ट्रपति हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नविकरण गर्ने प्रक्रिया विधानको धारामा आकर्षित हुने बताउनु भयो । स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विधानको धारा ८ ले स्वेच्छाले राजीनामा दिएर गइसकेको व्यक्ति राष्ट्रपति पद हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नविकरण गर्ने प्रक्रिया विधानको धारामा आकर्षित छ । अर्को कुनै ठोस प्रक्रिया नभए नयाँ प्रक्रियाबाट आउनुपर्ने तर्फबाट पनि ध्यानाकर्षण भएको छ । यसमा विभिन्न कोणबाट छलफल भएको छ । अहिले निष्कर्षमा पुगेका छैनौँ । स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । उचित समयमा निर्णय लिन्छ । नविकरण पेण्डिङ अवस्थामा छ । धारा ८ र ९ आकर्षित भएको छ । स्थगन अवस्थामा छ ।’

उहाँले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रिय हुने विषयमा गम्भीरतापूर्वक छलफल भएको र ठोस निष्कर्षमा नपुगेको बताउनु भयो । अधिकांश नेताहरुले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुनेकुरा गम्भीर भएकाले पार्टीले उचित समयमा निर्णय गर्ने निष्कर्ष निस्किएको बताउनु भयो । तत्काल पार्टी अध्यक्ष बनाएर जानेकुरामा सकारात्मक नरहेको निष्कर्ष निकालेको छ ।

बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।

पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ । सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ । त्यसभित्रका महत्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो । त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौं ।’