१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै

एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
अ अ+ अ-

काठमाडौँ । एक दशक अघि प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गरेको सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अलपत्र परेको छ ।

२०७१ मा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले प्रत्येक प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सार्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७२ सालमा सात वटै प्रदेशमा एक÷एक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय ग-यो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७३/७४ को बजेटमार्फत एक प्रदेश एक औद्योगिक क्षेत्रको नीति अवलम्वन गर्दै ठूला औद्योगिक क्षेत्र निर्माणको घोषणा गर्नुभयो । सोही निर्णयअनुसार तत्कालिन केपी ओली नेतृत्वको सरकारले प्रदेश नम्बर १ मा झापाको दमक, २ मा सर्लाही, वागमती प्रदेशको हेटौंंडा र चितवनको शक्तिखोर, गण्डकी प्रदेशमा लेखनाथको पटनारी, प्रदेश नम्बर ५ मा बुटवलको मोतीपुर, कर्णाली प्रदेशको सुर्खेत र जुम्ला, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको दैंजीमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरियो तर निर्णय भएको १० पुग्न लाग्दा समेत कार्यान्वयनमा आउन सकेको छैन् ।

यो अवधिमा कतै जग्गा प्राप्ति मात्रै भएको छ भने कतै औद्योगिक क्षेत्र शिलन्याशपछि कामै अघि बढेको छैन । सातै प्रदेशमा औद्योगिक क्षेत्र सञ्चालनमा ल्याएर कम्तीमा १० लाख जनतालाई प्रत्यक्ष र ३० लाखलाई अप्रत्यक्ष रोजगारी दिने मन्त्रालयको योजना भएपनि यो महत्वाकांक्षी योजना यथार्थमा परिणत हुन सकेको छैन ।

सरकारका मन्त्रीले समेत ओली प्रधानमन्त्री हुँदा गरिएको उक्त घोषणा कार्यान्वयनमा ल्याउन चुकेको स्वीकार्नुभएको छ ।  उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर प्रसाद भण्डारीले झापाको दमकदेखि कञ्चनपुर दैजीसम्म सात वटै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने योजना अघि बढ्न नसकेको बताउनुभएको छ ।

उद्योगमन्त्री भण्डारीले बिहीवार एक कार्यक्रममा भन्नुभयो– ‘केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालको उद्योग क्षेत्रमा विकासका लागि सातै वटा प्रदेशमा सात वटा ठूला औद्योगिक क्षेत्र बनाउने गरी तिनलाई पूर्वाधार क्षेत्र घोषणा गरियो । झापाको दमकदेखि कञ्चनपुर दैजीसम्म सात ओटै प्रदेशसम्म समेटिएको थियो । आज एक दशक बित्यो । हामी जहाँ घोषणा गरियो, काम अघि बढ्न सकेको छैन । ती क्षेत्रहरुले आज कही पूर्णता पाएनन् । शिलन्याश गरियो । आइडीएमलको नाममा जग्गा आयो । यो बीचमा प्रक्रियागत रुपमा पुरा गर्दा एक दशक लाग्यो । यसले हाम्रो विकासको गति दर्शाएको छ ।’

मन्त्री भण्डारीकाअनुसार एउटा औद्योगिक क्षेत्र बनाउन घटीमा १० अर्ब चाहिन्छ । उक्त पुँजी जुटाउन समेत कठिन छ । बजेटमात्रै नभई अन्तरमन्त्रालको टेबुलहरुमा प्रक्रिया अघि बढ्नुपर्ने अवस्था छ । ढिलासुस्तीले कामै शुरु हुन सकेको छैन । यता उद्योगीहरुले भने शास्ती खेपिरहनु परेको छ ।

१ चैत ०७२ मै सरकारले मोतीपुर औद्योगिक क्षेत्र, नौवस्ता औद्योगिक क्षेत्र र दैजी औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको थियो ।सरकारले राजनीतिक लाभ एवं लोकप्रियताका लागि औद्योगिक क्षेत्र घोषणा गरे पनि पर्याप्त बजेट र प्राथमिकता नदिँदा अपेक्षित नजिता हासिल नभएको जानकारहरूको बुझाइ छ ।