२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रपथ विस्तारको काम सधैँ ‘होल्ड’मा राख्ने भए विकल्प खोज्नुपर्छः सांसद ज्वाला



अ+ अ-

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम छिटो काम अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा उहाँले यस्तो आग्रह गर्नुभएको हो । सांसद ज्वालाले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सँधै ‘होल्ड’ मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताउनु भयो । सांसद ज्वालाले सर्वसाधारणलाई प्राविधिक कुरा वा सरकारी प्रक्रियासँग सरोकार नभएको भन्दै सबैले छिटो परिणाम खोजेको स्पष्ट पार्नुभयो । काम शुरु हुने हो भने कहिलेदेखि हुने र नहुने भए विकल्पका लागि तयार रहन पनि उहाँले आग्रह गर्नुभयो । सांसद ज्वालाले राजधानीकै सडकको बेहाल हुनु लाजमर्दो कुरा भएको बताउनु भयो । उहाँले दुर्गमतिर, कर्णाली वा सुदूरपश्चिमतिर झन् कस्तो अवस्था होला भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तुरुन्तै अगाडि बढ्छ भन्ने वचन सँधै आइरहने तर ठोस रुपमा अगाडि नबढ्ने । यो समस्या हामीले पहिल्येदेखि भोग्दै आएको हो । खासै काम अगाडि बढेको देखिँदैन । प्रक्रियागत झमेला, प्रक्रियागत ढिलाई, यो असाध्यै झन्झटिलो देखिन्छ । खासमा यसको डिटेल, प्रक्रिया त बताउनु भयो, तर मूल सरोकार भनेको त समिति वा पब्लिकको के हो भने यसको ढिलाई किन भयो छिटो काम शुरु हुनुप¥यो भन्ने हो । टेक्निकल कुरामा जानु पनि परेन । छिटो काम सुर हुनुप¥यो । अब नहुने हो भने विकल्प खोज्नुप¥यो । होल्डमा मात्रै राख्न भएन । हुने हो भने कहिलेदेखि सुरु हुने हो, कसरी शुरु हुने हो, कहाँ कहाँ त्यसको स्टेप पुग्ने हो ? अब नहुने हो भने विकल्प पनि खोज्नुप¥यो ।’

उहाँले चक्रपथ विस्तारको काम छिटो शुरु गर्न आग्रह गर्दै सरकारको तर्फबाट गर्नुपर्ने कामको बारेमा स्पष्ट पार्न आग्रह गर्नुभयो ।