४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

राप्रपामा रडाको: पार्टी अध्यक्षले विधानको उपेक्षा र उल्लंघन आरोप

राप्रपामा रडाको: पार्टी अध्यक्षले विधानको उपेक्षा र उल्लंघन आरोप
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका चार पदाधिकारीले जिम्मेवार तहबाटै विधानको उपेक्षा र उल्लंघन भएको आरोप लगाएका छन् ।

आज एक सयुक्त अपिल जारी गर्दे उपाध्यक्ष विक्रम पाण्डे र मुकुन्दश्याम गिरी,महामन्त्री डा. धवल शम्सेर राणा र महामन्त्री कुन्ती शाहीले यस्तो आरोप लगाएका हुन् ।

उहाँहरुले शीर्ष नेतृत्व तहमा भएको सहमति लत्याउँदै नेता नबराज सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट विधान विपरीत हटाएर गलत सन्देश प्रवाह गरिएको आरोप लगाउनु भएको छ ।

अपिलको पूर्णपाठ

पार्टीभित्र विधान विपरीत गरिएको कारवाहीले सर्वत्र चिन्ताको संचार भएको छ । विधानको अक्षरस पालना हामी सबैको प्रमुख कर्तव्य भए पनि जिम्मेवार तहबाटै विधानको उपेक्षा र उल्लंघन हुनु, स्वेच्छाचारिता सतहमा आउनु दुखद घटनाक्रम हो । वास्तवमा पार्टी एकताको मूल आधार विधानको पालना र रक्षा हो । त्यसैले पार्टी एकता र विधानको संरक्षण प्रति पूर्ण प्रतिवद्ध रहेर, महाधिवेशनको कार्यादेश आत्मसात गर्दै, विकसित घटनाक्रमका सन्दर्भमा तथ्यहरु सार्वजनिक गर्दैछौं ।

जनआन्दोलन जारी रहेकै समयमा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको निवासमा शीर्ष नेतृत्वको वैठक बसेको थियो । पूर्वअध्यक्ष डा. लोहनीको अतिरिक्त वैठकमा अध्यक्ष मा. राजेन्द्र लिङदेन, पूर्वअध्यक्ष मा. पशुपति शम्सेर जबरा, वरिष्ठ नेता तथा अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र पार्टी नेता हरिबहादुर बस्नेतको उपस्थिति थियो । सौहार्दपूर्ण सम्पन्न उच्चस्तरीय वैठकमा भएको समझदारी अनुरुप नेता सुवेदीलाई अध्यक्ष लिङदेनले, ‘दाई पार्टीमा पूर्ववत् रुपमा प्राप्त जिम्मेवारी पूरा गर्न सशक्त भएर अघि बढ्नुहोस्‌’ भन्नुभएको हो । यद्यपि शीर्ष नेतृत्व तहमा भएको सहमति लत्याउँदै नेता सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट विधान विपरीत हटाएर गलत सन्देश प्रवाह गरिएको छ ।

नेता सुवेदी मात्र नभएर, प्राकृतिक न्यायको सर्वमान्य सिद्धान्त मिच्दै स्पष्टीकरण सम्म नसोधी भारतमा क्यान्सरको उपचार गरिरहेको बखत महामन्त्री मा. डा. धवल शम्सेर राणालाई संगठन विभागको प्रमुखबाट, सगुन सुन्दर लावतीलाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको छ । संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य लगायतका लक्ष्य प्राप्त गर्न निष्ठापूर्वक क्रियाशील नेताहरुलाई यसरी श्रृंखलावद्ध रुपमा एकलौटी कारवाही भएबाट पार्टीपंक्ति र जनमानसमा शंका र प्रश्नहरु उब्जिएका छन् ।

विधानको यस्तो खुल्लम खुल्ला उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले राप्रपालाई अपूरणीय क्षति पुगेको छ । विधानको व्यवस्था अनुरुपको विधि, संख्या र सीमा नाघेर एकलौटी रुपमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरु थप्ने र हटाउने कार्य यस अघि पनि पटक–पटक हुँदै आएको छ । यस परिवेशमा विधान विपरीत भएका निर्णयहरु सच्याउने आँट र साहस देखाऔं, पार्टीभित्र आपसी विश्वास र एकताको नयाँ युग निर्माण गरौं । पक्ष विपक्षमा नलागी पछिल्लो समय अप्रिय घटनाबाट सिर्जित समस्या समाधान गर्न र पार्टी एक ढिक्का राख्न देशभरीका नेता तथा कार्यकर्तासँग सकारात्मक भूमिका र सहयोगको लागि अपिल गर्दछौं । पक्ष विपक्ष नभनी, पार्टी निर्णय बमोजिम सबै तहका अधिवेशन समयमै सम्पन्न गर्न सबै साथीहरुलाई हामी हार्दिक आह्वान गर्दछौं । पार्टी एकता र कार्यकर्ताको रक्षार्थ हामी अनवरत रुपमा दृढ रहने छौं ।

मा. विक्रम पाण्डे
वरिष्ठ नेता उपाध्यक्ष

मुकुन्दश्याम गिरी
उपाध्यक्ष

मा. डा. धवल शम्सेर राणा
महामन्त्री

कुन्ती शाही
महामन्त्री