२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सिमित भयोः सांसद नेम्वाङ



अ+ अ-

काठमाडौं । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सिमित हुन थालेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संसदमा नैराश्यता र नकारातमकता फैल्याउने काम भइरहेको र यसले संसदीय मर्यादामाथि प्रश्न उठाउने जिकिर गर्नुभयो ।

उहाँले संसदबाट भइरहेका नकारात्मक र नैराश्यताका कुराहरु जनताले मूल्यांकन गरिरहेको पनि बताउनु भयो । कानूनलाई जीवन्त बनाउने काम सांसदहरुको भएको र सांसदहरुले कानूनलाई जीवन्त बनाउँदै जनतामा आशा जगाउनुपर्ने बताउनु भयो । बेलायती संसदका अभ्यास र अनुभव सिकिरहँदा नेपाली भूगोल र जनतासँग कतिपय कुराहरु मेल नखाने भएकाले आफ्नो भूगोल र जनताको अपेक्षाअनुसार कामहरु गर्दै जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यत्तिकै त नैराश्यता र नकारात्मकताको हाम्रो अहिले संसदीय अभ्यास भइरहेको छ । महत्वपूर्ण कुराहरु जनताले क्लियरल्ली सुन्न पाउँदा राम्रो हुन्छ । कानूनलाई जीवन्त बनाउने काम भनेको हामी सबैको हो । बेलायतमा भएको संसदीय अभ्यास कुन तरिकाले आफ्नो अभ्यासलाई निरन्तरता दिन्छन्, काम गर्छन् भन्ने हो । हामीले जनता र देशको भूगोललाई मध्यनजरमा राखेर काम गर्नुपर्छ । किनभने बेलायतको व्यवस्था यहाँ सिकिरहँदा हुबहु नेपालमा लागू गर्न सक्छौँ की सक्दैनौँ, हुबहु लागू नहुन सक्छ । तर उहाँहरुको ज्ञान र अनुभव लिइरहनुपर्छ । हामीले विदेश भ्रमण गरेको नतिजा फलदायी भएको छ की छैन भन्नेकुराको पनि अध्ययन गर्नुपर्छ । जनताको करबाट विदेश भ्रमण गर्ने तर हेरेर आइसकेपछि केही पनि नगर्ने भन्ने आरोप छ । त्यो भाष्यलाई चिरेर विदेशभ्रमणबाट के सिकेर के लागू ग¥यौँ भन्नेकुराको अध्ययन गर्नुपर्छ ।’

सांसद नेम्वाङले जनताको करबाट विदेश भ्रमण गर्ने र त्यसको उपलब्धि नहुने आरोप सांसदहरुमाथि लाग्ने गरेको भन्दै त्यसलाई चिर्न विदेशमा सिकेका कुराहरु स्वदेशमा लागू गर्न जरुरी रहेको बताउनु भयो ।