५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमेर नपुगेका किशोरीलाई अन्डादाताको रुपमा समावेश नगराएको एञ्जल फर्टिलिटी क्लिनिकको दाबी



अ+ अ-

काठमाडैं । एञ्जल फर्टिलिटी क्लिनिकले उमेर नपुगेका किशोरीहरुलाई अन्य फर्टिलिटी क्लिनिकहरुमा अण्डादाताका रुपमा समवोश गराएको भन्दै आएका समाचारमा कुनै सत्यता नभएको दाबी गरेको छ ।

क्लिनिकले विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमा आएका समाचारमा कुनै सत्यता नभएको दाबी गरेको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘केही दिनहमा विभिन्न सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्महरुमा एञ्जल फर्टिलिटी क्लिनिक र यस क्लिनिकसँग आवद्ध केही कर्मचारीहरुलाई अन्य केही फर्टिलिटी क्लिनिकउपर भइरहेको नेपाल प्रहरीको अनुसन्धानमा जोडेर भ्रामक र आधारहीन समाचारहरु प्रकाशित भएकोप्रति आम्रो ध्यानाकरर्षण भएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ– ‘विशेषत: ती समाचारहरुमा हाम्रो एक कर्मचारीले उमेर नपुगेका किशोरीहरुलाई अन्य फर्टिलिटी क्लिनिकहरुमा अण्डादाताको रुपमा समावेश गराएको भन्ने जस्तो अन्त्यन्तै गम्भीर, तर पूर्णतस् झुठा र तथ्यहीन आरोप लगाइएको छ ।’

क्लिनिकले उमेर नपुगेका महिलालाई दाताको रुपमा प्रयोग गर्ने वा अन्य कुनै किसिमको गैरकानुनी वा अनैतिक कार्य कहिल्यै नगरेको र त्यस्तो कार्यको कडा शब्दमा निन्दासमेत गरेको छ ।