१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कोरोना भाइरसमुक्त न्युजिल्यान्डः खुसीले एकछिन नाचेँ प्रधानमन्त्री आर्डर्न

कोरोना भाइरसमुक्त न्युजिल्यान्डः खुसीले एकछिन नाचेँ प्रधानमन्त्री आर्डर्न
अ अ+ अ-

न्युजिल्यान्ड सोमबारदेखि आधिकारिक रूपमा कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ । प्रधानमन्त्री जसिन्डा आर्डर्नले भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको सबै प्रतिबन्धलाई फुकुवा गर्ने घोषणा गरेकी छन् । कोरोना भाइरसका कारण संक्रमित अन्तिम व्यक्ति अस्पतालबाट डिस्चार्ज भएसँगै आधिकारिक रूपमा न्युजिल्यान्ड कोरोना भाइरसमुक्त भएको हो । न्युजिल्यान्डमा विगत १७ दिनदेखि कुनै पनि नयाँ संक्रमणसमेत देखिएको छैन । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रफुल्लित मुद्रामा देखिएकी आर्डर्नले देशमा लगाइएको सबै प्रकारका प्रतिबन्धलाई समेत खुला गरेकी छन् । यद्यपि अन्तर्राष्ट्रिय हवाई यातायातमा लगाइएको प्रतिबन्ध भने तत्काललाई हटाइएको छैन । सोमबारदेखि नै सार्वजनिक तथा व्यक्तिगत कार्यक्रमका साथै सार्वजनिक सवारी र अन्य सबै प्रकारका व्यवसायलाई सामाजिक दूरीबिना नै सामान्य रूपमा सञ्चालन गरिने भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गत फेबु्रअरीको २८ तारिखमा पहिलो संक्रमण देखिएको न्युजिल्यान्डमा यसका कारण २२ जनाले ज्यान गुमाएका थिए भने १ हजार ५ सय ४ संक्रमणको सिकार बनेका थिए । संक्रमितको संख्या १ सय पुग्नेबित्तिकै न्युजिल्यान्डले देशकै उच्च तहको सुरक्षा सतर्कता अपनाउँदै लेभल–४ को प्रतिबन्ध कार्यान्वयन गरेको थियो । पूर्णतः लकडाउन गरी संक्रमण नियन्त्रणका लागि काम गरेको न्युजिल्यान्डले संक्रमण देखिएको करिब ३ महिनाकै अवधिमा संक्रमणलाई नियन्त्रणमा लिन सफल बनेको थियो । सोमबारदेखि यो सुरक्षा सर्तकता लेभल एकमा झारिएको छ जुन भाइरस संक्रमण हुनुअघिको हो । लकडाउनमा यात्रा गर्न नपाइने प्रतिबन्धलाई उल्लंघन गरेका कारण स्वास्थ्यमन्त्री डा. डेभिड क्लार्क कारबाहीमा परेका थिए । यसले पनि कोरोना भाइरस नियन्त्रणका लागि न्युजिल्यान्डले संक्रमण रोक्न कसरी काम गरेको थियो भन्ने पुष्टि गर्ने विश्लेषकहरुले बताएका छन् । सोमबारको पत्रकार सम्मेलनमा आर्डनले पुनस् भाइरसको संक्रमण देखिन सक्ने सम्भावना रहेको बताउँदै यस्तो देखिए न्युजिल्यान्डवासी असफल भएको नभई भाइरसको वास्तविकता नै यही भएको बताइन् ।

न्युजिल्यान्डस्थित अकल्यान्डमा चिकित्सकका रूपमा कार्यरत डा। प्रभुकिरण पाण्डे सुरुको समयमा डरलाग्दो अवस्था भए पनि सरकारी स्वास्थ्य नीतिका कारण यो अवस्था धेरै समयसम्म नरहेको बताउँछन् । ‘साँच्चै भन्ने हो भने नेपालले पनि यहाँबाट धेरै कुरा सिक्न सक्छ तर त्यसका लागि स्पष्ट स्वास्थ्य नीति, पीसीआर टेस्टिङ र सामाजिक दूरीलगायतलाई प्रभावकारी रूपमा लागू गर्न सक्नुपर्छ,’ उनले भने । उनी अहिले नेपालमा संक्रमण बढिरहेका कारण सरकारले निजी क्षेत्रलाई सहभागी गराएर भए पनि पीसीआर टेस्टिङलाई बढाउनुपर्ने सुझाव दिन्छन् । न्युजिल्यान्ड नेप्लिज सोसाइटीका अध्यक्ष दिनेश खड्काले ३ महिनापछि लकडाउनबाट बाहिर आउँदा सम्पूर्ण जनताहरु उत्साहित रहेको सुनाए । ‘लामो समयसम्म लकडाउन भए पनि सरकारले जनतालाई उपलब्ध गराउन सक्ने सबै सहयोग दिएकाले समेत सरकार कोरोना नियन्त्रणमा सफल बनेको हो ।’

खुसीले एकछिन नाचेँः आर्डर्न

सोमबार न्युजिल्यान्डका चिकित्सकले कुनै पनि सक्रिय संक्रमणका बिरामी नभएको खबर प्रधानमन्त्री आर्डर्नलाई सुनाएका थिए । सोमबारै आयोजित पत्रकार सम्मेलनमा न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डर्नले ‘मैले आज खुसीले केहीछिन नाचेँ’ भन्दै आफ्नो देश कोरोना भाइरसमुक्त भएकोमा अत्यन्तै खुसी भएको बताएकी थिइन् । उनले देशलाई कोरोनामुक्त बनाउनका लागि आफूहरुले मात्र नभएर देशमा रहेका सबै ५० लाख जनताको एक टिमले काम गरेका कारण सफल बनेको बताएकी थिइन् । विश्वमै सफल नेतृका रूपमा नाम कमाएकी उनले भाइरस नियन्त्रणका लागि गरेको सबै कार्यलाई सम्पूर्ण जनताले प्रशंसा मात्र गरेका थिएनन् कि अन्तिमसम्म साथ दिएका थिए ।

न्युजिल्यान्डका स्थानीय समाचारमाध्यमले उनमा असहज परिस्थितिलाई सामना गर्न आवश्यक सबै क्षमता भएको बताएका छन् । ‘द कन्भर्सेसन’ मा प्रकाशित एक रिपोर्टका अनुसार प्रधानमन्त्री आर्डर्नमा एक सफल नेतामा हुनुपर्ने मुख्य तीन गुण भएको उल्लेख गरिएको छ । उनमा एक नेताले आफ्ना जनतासँग गर्न चाहिने सञ्चारका सबै सीप भएको, जनतालाई परिवर्तनसँग अभ्यस्त हुन सक्षम बनाउने र सही कामका लागि सबैलाई सहमत गराउन सक्ने क्षमता भएको बताएको छ । ‘भलै यहाँ सबै कुरा उत्कृष्ट नभएका होलान् तर हामीले आर्डर्नको नेतृत्वलाई अन्य पश्चिमा नेतासँग तुलना गर्दा अवश्य आभारी हुनुपर्छ,’ रिपोर्टमा भनिएको छ ।

प्रधानमन्त्री आर्डनले भाइरस नियन्त्रणका लागि तत्काल चालेको कदमलाई न्युजिल्यान्डका ९० प्रतिशतभन्दा बढी जनताले समर्थन गरेका थिए । त्यति मात्र नभएर उनी रुचाइएको प्रधानमन्त्रीको रेटिङसमेत बढेर ५९।५ प्रतिशत पुगेको समाचारमा जनाइएको छ । गतवर्ष क्राइस्ट चर्चको मस्जिदमा भएको आक्रमणपछि उनले चालेको कदमका कारण उनको नेतृत्वले विश्वव्यापी चर्चा कमाएको थियो । समाचारमाध्यमले प्रधानमन्त्री आर्डर्नले कोरोना भाइरस नियन्त्रणका लागि चालेको ‘छिटो गरौं प्रभावकारी गरौं’ भन्ने रणनीति नै सफल बनेको बताएका छन् । विशेष गरेर सञ्चारमाध्यमसँग मैत्रीपूर्ण मानिने आर्डर्नलाई कोरोना भाइरस नियन्त्रणपछि विश्वका सञ्चारमाध्यमले खुलेर प्रशंसा गरेका छन् । कोरोना भाइरसको संक्रमण परेर पनि नियन्त्रणमा सफलता पाउने विश्वकै पहिलो देश भएको समेत दाबी गरिएको छ । कान्तिपुर दैनिक