६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ दिन बित्यो, खोइ हाम्रो रिपोर्ट ?



अ+ अ-

काठमाडौं । देशभर कोरोना भाइरस पहिचानका लागि प्रयोगशालामा ‘स्वाब’ नमुना दिएकाहरूले नतिजा आउन निकै ढिलो हुने गरेको गुनासो गरेका छन् । कोरोना भाइरस संक्रमणको पहिचानका लागि आरटीपीसीआर विधिको प्रयोग हुँदै आएको छ । स्वाब संकलनको संख्या बढेसँगै परीक्षणको नतिजा ढिलो भएको प्रयोगशालाले बताएका छन् । हाल देशभर २१ स्थानमा रहेका प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ । संक्रमण पहिचानका लागि स्वाब दिएका केहीले लामो समयसम्म पनि रिपोर्ट नपाएको गुनासो गरेका छन् । स्वाब नमुना दिए पनि नतिजा नै थाहा नपाएको समेत उनीहरूको गुनासो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावकारी समन्वय नगर्दा परीक्षण गरिएका नतिजाको रिपोर्ट पाउन नसकेको उनीहरूको गुनासो छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ लाख ९ सय ७१ जनाको आरटीपीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । परीक्षण गरिएकाहरूको नतिजा पनि एकदमै ढिलो आउने गरेको छ । कोरोना परीक्षणका लागि कपिलवस्तु नगरपालिकामा स्वाब संकलन गरेका एक स्वास्थ्यकर्मीले भने, ‘मेरो स्वाब जेठको पहिलो साता लिइएको हो । नतिजा के आयो, जानकारी पाउन सकेको छैन ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले जनशक्ति अभावमा परीक्षणको गति सुस्त भएको बताइन् । उनले भनिन्, ‘थोरै जनशक्तिले काम गर्नुपर्ने बाध्यता भएकाले संकलन भएका स्वाबहरू होल्ड भएका हुन् ।’ उनले परीक्षणको दायरा बढाउन आरएनए एक्स्ट्रयाक्सन अटोमेटिक मेसिनको संख्या थप गर्नुपर्ने बताइन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक १ हजार ५ सय जनासम्मको परीक्षण नतिजा होल्ड हुने गरेको छ । सो प्रयोगशालामा दैनिक १ हजार ५ सय जनासम्म परीक्षणका लागि आउने गरेका छन् । नेपालमा सोमबार ३ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

नेपालमा हालसम्म ४ सय ८८ जना उपचारपछि निको भएका छन् । हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ । संक्रमित मध्ये १४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिक