एजेन्सी । बलिउड जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको घरबाट खुसीको खबर बाहिर आएको छ ।
जोडिलाई पुत्री लाभ भएको हो । सिद्धार्थ र कियाराको छोरी भएको खबर हिजो राति बाहिर आयो । अब आज यो जोडीले आफैंले आफूहरू प्यारी छोरीको आमाबाबु बनेको जानकारी दिएका छन् ।
सिद्धार्थ र कियाराले आ–आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरेका छन् । यस पोस्टमा लेखिएको छ, ‘हाम्रो मन खुशीले भरिएको छ र हाम्रो संसार सधैंको लागि परिवर्तन भएको छ । हामीलाई छोरीको आशिर्वाद मिलेको छ ।’
पोस्टको तल सिद्धार्थ र कियाराको नाम लेखिएको छ । यस पोस्टको क्याप्सनमा सिद्धार्थले मुटु, आँखा र हात जोडेको इमोजी मात्र प्रयोग गरेका छन् ।
यस वर्षको फेब्रुअरीमा कियारा र सिद्धार्थले आफ्ना फ्यानहरूलाई यो खुसीको खबर दिएका थिए कि उनीहरू दुवै चाँडै आमाबाबु बन्दैछन् । दुवैले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत फ्यानहरूलाई यसबारे जानकारी गराएका थिए ।
सिद्धार्थ र कियाराको प्रेमकथा फिल्म ‘शेरशाह’को छायांकनको क्रममा चर्चामा आएको थियो । यसपछि दुवै धेरै अवसरमा सँगै देखिएका थिए । यद्यपि, दुवैले आफ्नो अफेयरको बारेमा कहिल्यै खुलेर कुरा गरेनन् । यसपछि दुवैले फेब्रुअरी २०२३ मा विवाह गरे ।










