काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी वेबसाइट सार्वजनिक गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले आज व्यक्तिगत वेबसाइट www.bidyabhandari.com.np सार्वजनिक गर्नुभएको हो ।
भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रुपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरुमा जनाएको सहभागिता, विचार, अभिव्यक्तिहरु र तस्वीरसहितका स्मृतिहरु संग्रहित गर्न वेबसाइट निर्माण गरिएको हो ।
भण्डारीका स्वकीय सचिव राजकुमार राईले विज्ञप्तिमार्फत् उहाँको राजनीतिक यात्राबारेका सामग्री वेबसाइटमा समावेश भएको जानकारी दिनुभएको छ ।
‘यो वेबसाइट पूर्वराष्ट्रपति श्रीमती विद्या देवी भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र होइन, लोकतान्त्रिक मूल्यहरु, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवद्र्धनमा उहाँले पुर्याउनुभएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले निर्माण गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
वेबसाइटमा समावेश सामग्रीहरु थप परिमार्जन र अद्यावधिक गर्दै लैजाने तयारी छ ।
भण्डारी एमालेको राजनीतिमा फर्किएपछि कार्यकर्तामाझ आफ्ना गतिविधि सहज रुपमा पुगोस् भनेर छुट्टै वेबसाइट निर्माण गर्नुभएको बताइएको छ । यो वेबसाइट निजी भएकाले उहाँले आफ्ना गधिविधिहरु राख्नुहुने छ ।










