५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुइनको डोरी चुडिएर महाकाली नदीमा खसेर बेपत्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् ।

ब्याँस गाउँपालिका–२ तल्लो दुम्लिङ्गका २८ वर्षिय नारायण बुढाथोकी दुम्लिङ्ग (नेपाल)बाट भारततर्फ तुइन मार्फत जाँदै गर्दा डोरी चुडिएर महाकाली नदीमा खसेका हुन् ।

नेपालतर्फ दुम्लिङ्ग र भारततर्फको गर्भाधार क्षेत्रमा वारपार गर्न अवैध रुपमा तुइन लगाउने गरेको पाइएको छ ।

बेपत्ता नारायणसँगै अन्य दुई जना स्थानीय एकै पटकमा तुइन तरिरहेका बेला डोरी चुडिएको बताइएको छ । सँगै तुइन तरिरहेका उनीहरुमध्ये दुई जना सकुशल छन् भने नारायण महाकालीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटना मध्यान्ह १२ बजेतिरको भएको हो ।

बेपत्ता नारायणको खोजीकार्यका लागि मातहत प्रहरी युनिटहरुलाई निर्देशन दिइएको छ ।