३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कम्प्युटर अत्याधिक तातेको समयमा कसरी कुल गर्ने ?

कम्प्युटर अत्याधिक तातेको समयमा कसरी कुल गर्ने ?
अ+ अ-

काठमाडाैँ । कहिले काहीँ तपाइको कम्प्युटरले एकदम ठुलो आवाज निकालेर काम गर्दछ। त्यो समयमा ख्याल गर्नु भएको छ भने तपाइको कम्प्युटर पनि तातेको हुन्छ। कम्प्युटर धेरै तातेर काम गर्नु त्यसको छोटो आयो सुनिश्चित गर्नु जस्तै हो।

यो सुनिश्चित गर्नु आवश्यक छ कि तपाईँको कम्प्युटर वा ल्यापटप अनावश्यक रूपमा धेरै बढी तातो भइरहेको छैन। यो कुरा ध्यान दिएन भने यसले अनपेक्षित सट डाउन, डाटा गायब हुने र हार्डवेयरमा क्षति निम्त्याउन सक्छ।

तपाईँको कम्प्युटरलाई चिसो बनाउन मद्दत गर्न धेरै उपायहरू अपनाउन सकिन्छ। कम्प्युटरमा धेरै भागहरू हुन्छन् र लगभग हरेक भागले कार्यहरू गर्दा गर्मी उत्पन्न गर्दछ। सिपियु, ग्राफिक्स कार्ड (GPU) र पावर सप्लाई युनिट सबैभन्दा बढी ताप निकाल्न जिम्मेवार हुन्छन्। यी भागहरूले कम्प्युटरलाई अत्यधिक तातो बनाउँछ।

यहाँ कम्प्युटर तातेको समयमा ख्याल गर्नु पर्ने केही कुराहरू छन्।

१. वायु प्रवाहको लागि स्पेस दिने

कम्प्युटर ओभर हिटिङ रोक्न र तपाईँको पिसीलाई चिसो राख्नको लागि सबैभन्दा प्रभावकारी तरिका एयरफ्लोमा कुनै पनि बाधाहरू आउन नदिनु हो। सकेसम्म पिसीको वरिपरिको सामानहरू हटाएर थोरै सास फेर्ने स्थान दिनु पर्दछ।

एयरफ्लो सुधार गर्न तपाईँको कम्प्युटरको वरिपरि २-३ इन्च चौडा जति ठाउँ हुनुपर्दछ। विशेष गरी पिसीको पछाडिको भागमा विशेष नोटिस गर्नु पर्दछ। यो पनि सुनिश्चित गर्नु आवश्यक छ कि हावा रोक्नको लागि पछाडि केही पनि बसिरहेको छैन।

तपाईँले कम्प्युटरलाई अधिक एयरफ्लो प्रदान गर्न बाहिरी कम्प्युटर फ्यान पनि राख्न सक्नुहुन्छ।

२. समय समयमा कम्प्युटर सफा गर्ने

डस्ट, घरपालुवा जनावरको केश, आदि जस्ता चिजहरूले भेन्ट र पङ्खाहरू बन्द हुन सक्छ। यी चिजहरू जम्मा भएर तातो हावालाई फसाउन सक्छ। यसको परिणामस्वरूप कम्प्युटर ओभर हिटिङ  हुन्छ।

पिसी केस जतिसुकै आधुनिक वा विशाल भए तापनि धूलोले कतै न कतैबाट जम्मा हुने बाटो फेला पार्छ।

३. कम्प्युटरलाई अधिक भार नदिने

तपाईँले यदि धेरै भार भएका कामहरू चलाउनु हुन्छ भने यसले पनि सिपियुमा भार दिन्छ। केही कार्यहरू जस्तै पेन्ट वा एक्सेलमा काम गर्दा कम्प्युटरलाई धेरै भार हुँदैन भने अर्को तर्फ थ्रिडी भिडियोहरू रेन्डर गर्ने, भिडियो गेमहरू खेल्ने वा प्रोग्रामिङ गर्ने गर्दा यसले सिपियुमा धेरै लोड दिन्छ।

त्यसै माथि यदि तपाइको कम्प्युटरमा समर्पित ग्राफिक्स कार्ड छैन र पनि तपाइले इडिटिङ, प्रोग्रामिङ वा रेन्डरिङ गर्न या भिडियो गेम खेल्न प्रयोग गर्नु हुन्छ भने पनि यसले तपाइको पिसीलाई धेरै भार दिने काम गर्दछ।

४. अधिक केस फ्यान स्थापित गर्ने

यदि यी कुराहरू गर्दा पनि तपाइको कम्प्युटर तात्न कम हुँदैन भने अधिक केस फ्यानहरू स्थापना गर्दा हुन्छ। यसले कम्प्युटर ओभर हिटिङ समस्या पनि समाधान हुन्छ। तर यसको लागि भने तपाईँले केही लगानी गर्नु पर्दछ।

तपाईँले पिसिमा अधिक फ्यान स्थापना गर्नु भनेको अधिक एयरफ्लो प्रदान गर्नु हो। केस फ्यान एउटा यस्तो सानो फ्यान हो जुन डेस्कटप कम्प्युटर केसको अगाडि वा पछाडि हुन्छ र भित्रबाट संलग्न हुन्छ।