६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा अलपत्रमा परेका नेपाली ल्याउने मोडालिटी तयार हुँदै



अ+ अ-

काठमाडौं । विदेशमा काम गर्न गएका र कोभिड १९ को महामारीका कारण अप्ठ्यारामा परेका नेपालीलाई नेपाल फिर्ता ल्याउन सरकारले अहिले प्रक्रियागत तरिका (मोडालिटी) तयार गरिरहेको बताएको छ।  पर्यटन सचिव केदारबहादुर अधिकारीका अनुसार विदेशमा लाखौं नेपाली कार्यरत रहेकाले सबैलाई ल्याउने भन्दा पनि अप्ठ्यारामा परेकालाई पहिलो चरणमा ल्याउने तयारी भइरहेको छ।  त्यसपछिको परिस्थिति हेरेर पुनः विदेशस्थित नेपाली ल्याउने वा नल्याउने टुंगो गरिने उनको भनाइ छ।  ‘अलपत्र परेका नेपाली भित्र्याउने पक्कै हो तर दैनिक एक÷एक वटा जहाजबाट ल्याइने हो या यति दिनभित्र ल्याइसक्नु भन्ने गरी कार्यतालिका बनाएर ल्याइने हो भन्नेमा छलफल भइरहेको छ।  हामी चाँडै नै टुंगोमा पुगरे छिट्टै नेपाल भित्र्याउन सुरु गरिनेछ’, सचिव अधिकारीले भने।  यस्तै नेपाली जहाज नै प्रयोग गर्ने कि भन्नेमा पर्यटन मन्त्रालय सकारात्मक रहेको भए पनि सम्बन्धित दूतावासले पनि आफ्नै जहाज प्रयोगका लागि प्रस्ताव गर्न सक्ने हुँदा के गर्ने भन्नेमा अन्योल रहेको बताइएको छ।  जहाज छनोटको सम्बन्धमा पनि प्राविधिक कठिनाइ रहेकाले मन्त्रालय छलफल जुटिरहेको अधिकारीले जानकारी दिए। 

सरकारको निर्णय पाउनेबित्तिकै उडानका लागि नेपाल उड्डयन प्राधिकरण तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुवै निकाय नै तयारी अवस्थामा रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।  दैनिक १० वटा उडानसम्म गर्न सक्ने गरी विमानस्थल तयार रहेको उनले बताए।  ‘हामीले कोभिड १९ को सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने गरी सामाजिक दुरी कायम गर्दै तोकिएका सबै सुरक्षा मापदण्ड प्रयोग गर्न सक्षम छौं।  अब सरकारको निर्देशन कुरिरहेको छौं’, क्षेत्रीको भनाइ छ। 

यस्तै नेपाली ध्वाजाबाहक नेपाल वायुसेवा निगम पनि सरकारले अवसर दिए नेपाली भित्र्याउन सक्षम रहेको अध्यक्ष शुशील घिमिरेले जानकारी दिए।  राष्ट्रिय ध्वाजाबाहक पनि हो र अन्तर्राष्ट्रिय उडानको क्षमतामा पनि राख्ने हुँदा नेपाल भित्र्याउन नेपाल एयरलाइन्सको जहाज प्रयोग गर्न सरकारलाई भनिरहेको घिमिरेले बताए।  पर्यटन मन्त्रालयले यसमा काम गरिहेकाले अहिले नै यकिन भन्न नसकिने उनको भनाइ छ।  उडान दर रेटको सम्बन्धमा भने यो चार्टर्ड उडान नभई रिप्याट्रिएसन उडान भएकाले साविकको भन्दा झण्डै दोब्बर हवाई भाडा भने लिनुपर्ने अध्यक्ष घिमिरे बताउँछन्।  गन्तव्य मुलुक जाँदा यहाँबाट खाली जहाज नै जानुपर्ने भएकाले इन्धनको मूल्यलगायत साविककै जस्तो पर्ने हुँदा हवाई भाडा पनि साविकको भन्दा झण्डै दोब्बर हुने उनको भनाइ छ। 

निजी क्षेत्रको नेपाली एयरलाइन्स हिमालय एयरलाइन्स पनि सरकारको अनुमति पाए आफ्नै ४ वटा जहाजलाई पूर्ण क्षमतामा चलाउन तयार रहेको उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।  निजी वा सरकारी भन्दा पनि नेपाली एयरलाइन्स, अनुमति पाएको एयरलाइन्स र नेपाल सरकारलाई उत्तिकै कर तिर्ने एयरलाइन्स भएकाले हिमालय एयरलाइन्स पनि उडानका लागि तयार रहेको उनले बताए। अन्नपुर्णपोष्ट दैनिक




भर्खरै