काठमाडौं । टिकटक स्टार आयुष सिंह ठकुरी र एलिजे जमालीले कानूनी रूपमा विवाह गरेका छन् ।
नेपालका आयुषले पाकीस्तानकी एलिजेसँगकाठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका हुन् ।
दुवैले अदालतमा दुबोको माला लगाएर फोटो पनि खिचाएका छन् ।
यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो । लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए । उनीहरुले अघिल्लो वर्ष दुबईमा इन्गेजमेन्ट गरेका थिए ।











