३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय
अ+ अ-

पोखरा । जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यताको संगम हो भन्दा फरक पर्दैन । यहाँको मौलिक संस्कृति र यहाँबाट देखिने हिमश्रृङ्खलाका सुन्दर दृश्यले पर्यटकलाई लोभ्याइरहेको छ ।

पर्यटन राजधानी पोखराबाट करिब ६० किलोमिटरको दुरी र अन्नपूर्ण हिमालको काखमा लुट्पुटिएको घान्द्रुक पर्यटकीय गाउँ मात्रै होइन, गुरुङ जातिको जीवन्त सङ्ग्र्रहालय पनि हो । जहाँ ढुङ्गाले छाएका घरहरू, सफा र चिटिक्क परेका गल्लीहरू, हँसिला अनुहार र मुस्कुराइरहेका हिमालले घान्द्रुकलाई जीवन्त बनाएका छन् ।

काठमाडौँबाट घुम्न आउनुभएका शिक्षक छवि थापाले आँखै अगाडिको सुन्दर हिमाल र गुरुङ समुदायको आतिथ्यताबाट आफू निकै प्रभावित भएको बताउनुभयो । “बर्खायाम घुम्नका लागि उपयुक्त होइन भन्दाभन्दै पनि हामी घान्द्रुक आइपुगेका थियौँ, यहाँ आइसकेपछिको आनन्द बेग्लै पायौँ, बादलको घुम्टोभित्र लुकेको हिमालसँगै स्थानीयको आत्मियताले हामीलाई लोभ्यायो”, उहाँले भन्नुभयो ।

पतिसँगै घुम्न आउनुभएकी बेसींसहरकी अनुजा न्यौपानेले यहाँको शान्त वातावरण र सुन्दर हिमालका दृश्यले यहाँ आइपुग्दाको थकान मेटाइदिएको अनुभव सुनाउनुभयो । “घान्द्रुकका बारेमा जति सुनिएको थियो, त्योभन्दा धेरै पाएँ, यहाँको सुन्दरता र आतिथ्यता सधैभरी सम्झनामा रहनेछ”, उहाँले भन्नुभयो ।

पर्यटन प्रवर्द्धनको कार्यक्रम लिएर घान्द्रुक आइपुग्नुभएका गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ० गण्डकीका पूर्वअध्यक्ष नवराज अधिकारीले घान्द्रुक गुरुङ समुदायको जीवन्त संस्कृति र परम्परा धानेको गाउँ भएको बताउनुभयो । “घान्द्रुक गुरुङ संस्कृतिको एउटा धरोहर हो, यहाँका घरहरूको वास्तुकला अद्वितीय छ, ढुङ्गाले बनेका र स्लेटले छाएका परम्परागत घरहरूले गाउँलाई मौलिक रुप दिएका छन्, सफा र चिटिक्क परेका ढुङ्गे गल्लीहरूमा हिँड्दा बेग्लै आभास हुन्छ ।”

पूर्वअध्यक्ष अधिकारीले गाउँमा निर्माण भएको गुरुङ सङ्ग्रहालयले गुरुङ जातिको परम्परागत जीवनशैली, प्रयोग गर्ने भाँडाकुँडा, हतियार र वेशभूषाको जीवन्त प्रदर्शनी गरेको बताउनुभयो । “हामीले प्रवर्द्धन गर्ने भनेको यही मौलिकता र आत्मीयपन हो, जसले पर्यटकलाई पटक–पटक यहाँ आउन प्रेरित गर्छ ।”

यहाँका अधिकांश घरबास ९होमस्टे० महिलाले सञ्चालन गरेका छन् । यसले महिलालाई आर्थिक सशक्तीकरणमा पनि टेवा पु¥याएको पूर्वअध्यक्ष अधिकारीको भनाइ छ ।

घान्दु्रकमा आशीष होमस्टे सञ्चालन गर्दै आउनुभएका हरिमाया गुरुङले घान्द्रुक आउने पर्यटकका कारण आफूहरु आर्थिक रुपमा आत्मनिर्भर भएको बताउनुहुन्छ । “घान्द्रुक हाम्रो जीवन र पहिचान हो, पाहुनालाई पारिवारिक वातावरणमा सेवा दिइरहेका छौँ, त्यसैले उहाँहरु फर्किफर्कि आउनुहुन्छ”, उहाँले भन्नुभयो, “चुल्होचौकोबाट सुरु भएको मेरो यात्रा आज पर्यटन र आत्मनिर्भरताको कथा बनेको छ । हिमाल हेरेर हुर्किएका हामी महिलाहरू, आज आफ्नै खुट्टामा उभिएर संसारलाई स्वागत गरिरहेका छौँ ।”

पछिल्लो समय यहाँका स्थानीयका लागि पर्यटन आयआर्जनको मुख्य स्रोत हो । होटल सञ्चालक विभिमाया गुरुङले भन्नुभयो, “होमस्टेमा आउने पाहुनाहरु यहाँको रहनसहन संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउने गर्छन्, हामीले पनि सकेसम्म राम्रो आतिथ्यता प्रदान गर्दछौँ, पाहुनाहरुले विशेष गरी यहाँको सुन्दरता र परिकारमा बढी रमाउनुहुन्छ ।”

पछिल्लो समय उहाँमा नयाँ पुस्ताले होमस्टे एवं होटल सञ्चालनमा चासो नदेखाउँदा घान्द्रुकको मौलिकता र सुन्दरता हराउने हो कि भन्ने चिन्ता छ । “नयाँ पुस्ता गाउँमा दुःख गर्न खोज्दैन, विदेश जाने रहरले गर्दा आफ्नो मौलिक पहिचान बोकेको घान्द्रुकको विशेषता लोप हुने हो कि भन्ने चिन्ता पो लाग्छ मलाइ त”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले घान्द्रुक पर्यटकीय गाउँ भएकाले यसको विकासका लागि पर्यटन केन्द्रित कार्यक्रममा जोड दिएको बताउनुभयो । घान्द्रुक देश विदेशका पर्यटकको घुम्न आउने गन्तव्यको रुपमा विकास भएको उहाँको भनाइ छ ।

अध्यक्ष केसीले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा पर्यटन विकासका लागि रु २० लाख बजेट विनियोजना गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ सञ्चालित अधिकांश होटल र घरबास ९होमस्टे० हरूले पर्यटकलाई व्यावसायिक सेवा मात्र नभई पारिवारिक वातावरण प्रदान गर्छन् । यहाँ आउने पर्यटकले विशेष गरी कोदोको ढिँडो, गुन्द्रुकको अचार, सिस्नुको तरकारी र लोकल कुखुराको मासु मन पराउने गरेको उहाँको भनाइ छ ।

हिमश्रृङ्खला, चियावगान, मेश्रमबराहसँगै गाउँमा रहेको पुरानो गुरुङ सङ्ग्र्रहालय पर्यटकहरूका लागि अर्को आकर्षणको केन्द्र हो, जहाँ गुरुङ जातिको ऐतिहासिक रहनसहन, प्रयोग गरिने सामग्रीहरू र वेशभूषाहरूको अवलोकन गर्न सकिन्छ । साँझपख आमा समूहहरूले प्रस्तुत गर्ने परम्परागत सांस्कृतिक नाच ९घाँटु, सोरठी० ले पर्यटकलाई गुरुङ संस्कृतिमा अझ नजिकबाट साक्षात्कार गराउँछ ।

घान्द्रुकमा प्राकृतिक सुन्दरता मात्र होइन, लोकजीवन, संस्कृति, अर्गानिक कृषि, पारम्परिक खाना, घरपसल र महिलाहरूको आत्मनिर्भरता पनि पर्यटकहरूका लागि आकर्षण बनेको छ । फागुन चैतमा ढकमक्क फुल्ने गुराँसले सौन्दर्य यस गाउँको थप विशेषता हो । रासस