६ श्रावण २०८३, बुधबार
,
Latest
परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा लकडाउन कडा बनाउन स्थानीयको माग



अ+ अ-

राजधानीलाई सुरक्षित बनाउन लकडाउनलाई थप कडाइ गर्नुपर्ने स्थानीयले माग गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देशको राजधानी भएका कारण कोरोना महामारीबाट जोगिन भित्री बजार खुला गरी उपत्यका भित्रिनेमाथि थप कडाइ गर्नुपर्ने बताएका छन् । उनले लकडाउन खुला भएसँगै उपत्यका भित्रिनेको संख्या ह्वात्तै बढ्ने आँकलन गर्दै सो अवस्थामा आउने सम्भावित दुर्घटनालाई रोक्न विशेष सावधानी अपनाउन पनि राजधानीबासीलाई आग्रह गरेका छन् । संघीय राजधानी भएकाले दैनिक हजारौं मानिस उपत्यका भित्रिने भएकाले त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने पनि बताए । उनले उपत्यका भित्रिनेलाई पूर्णरूपमा बन्देज गन नसकिने भन्दै अत्यावश्यक कामले राजधानी छिर्नेहरूको पनि कोरोना परीक्षण गर्नुपर्ने बताए । सरकारले लकडाउन खुकुलो गर्न लागेको अवस्थामा उपत्यकाका स्थानीय तहले तत्काल खुला गर्ने विषयमा सोच्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले लकडाउनलाई पूर्णरूपमा खुला गर्दा उपत्यकामा गम्भीर असर पर्ने दाबी गरे ।

उनले भने– ‘हामीले लकडाउन खुला गर्न हुन्न भनेका होइनौं, अहिलेको अवस्थामा व्यवस्थितरूपमा चरणबद्ध तवरले खुला गरिनु पर्दछ ।’ सकारले विमानस्थलको सेवासमेत सञ्चालन गर्ने तयारी गरिरहेको अवस्थामा कामपाका मेयर शाक्यले त्यहाँबाट आएका विदेशी वा स्वदेशी नागरिकलाई कोरोना परीक्षण कसरी गर्ने ? भन्ने विषयमा गम्भीर हुनुपर्ने बताए । कामपासँग एउटा पनि क्वारेन्टिन नभएको अवस्थामा कोरोना संक्रमण देखिएकालाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समस्या रहेको पनि उनले बताए । मेयर शाक्यका अनुसार संघीय राजधानी भएकाले क्वारेन्टिन व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको समेत भएकाले त्यस विषयमा कामपाले खासै चासो देखाएको छैन । उपत्यकाका कीर्तिपुर, भक्तपुर, मध्यपुर थिमि, ललितपुरलगायतका स्थानीय निकायले आफ्नो स्थानीय तहमा भित्रिएकालाई कोठा प्रवेशमा समेत रोक लगाएका छन् ।

ललितपुर र कामपाका भित्री शहरी वडामा भडामा बस्नेलाई अनिवार्यरूपमा पीसीआर परीक्षण गर्न दबाब दिँदै आएका छन् । करिब साढे ४ हजार संक्रमितको संख्या बढेको अवस्थामा मुलुकको राजधानीलाई सुरक्षित बनाउन लकडाउनलाई कडाइ गर्नुपर्ने स्थानीय तहको भनाइ छ । कामपाका मेयर शाक्यले आन्तरिकरूपमा राजधानीका भित्री बजार खुला गरेर निर्धक्करूपमा व्यावसाय सञ्चालन गर्न दिए पनि उपत्यका बाहिरबाट प्रवेश गरेकालाई कडाइ गर्नुपर्ने बताए । अधिकांश स्थानीय तहका प्रमुखले उपत्यकामा जनतामा कोरोना परीक्षण नगरेका कारण संक्रमण बढ्न नसकेको आँकलन गरेका छन् । यदि सबै वडा कार्यालयको सम्वन्वयमा उपत्यकाबासीको पीसीआर परीक्षण गरे संख्या बढ्न सक्ने आँकलन गरिएको छ । उपत्यकामै कोरोना संक्तमणको संख्या बढेमा कसरी व्यवस्थापन गर्ने रु भन्ने विषयमा समस्या देखिएको अवस्थामा उपत्यका भित्रिने संख्या रोक्नुपर्ने स्थानीय तहको भनाइ छ ।

ललितपुरका मेयर महर्जनले लकडाउन खुला गरे पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गर्नुपर्ने बताए । उनले भने– ‘लकडाउन खुला गरे पनि उपत्यकाबाट भित्रिने नाकामा कडाइ गर्नुपर्ने ।’ सरकारले लकडाउनलाई केही खुकुलो बनाएपछि रातको समयमा लुकेर उपत्यका भित्रिनेको संख्या बढ्दै गएको छ । पछिल्लो समय नागढुंगा, फर्पिङ, जगाते, भीमढुंगालगायतका एक दर्जन नाकाबाट उपत्यका भित्रिनेको संख्या बढेको छ । कामपाका मेयर शाक्यले अवैधरूपमा भित्रिएकामाथि नियन्त्रण गरेर अब भित्रिनेलाई कडाइ नगरे उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने आँकलन गरिएको उल्लेख गरे । नेपाल समाचारपत्र दैनिक