३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतबाट ३ सय चेली स्वदेश फर्किदै



अ+ अ-

काठमाडौं । कोरोनाको महामारीपछि भएको लकडाउनको मारमा परेका मध्ये कुवेतबाट ३०० जना कामदार काठमाडौं फर्किने भएका छन् । कुवेत सरकारले जजिरा एअरलाइन्सको जहाजबाट कुवेतमा अलपत्र परेका ३०० जना कामदारलाई काठमाडौं ल्याइदिन लागेको हो । कुवेतबाट फर्कन लागेका कामदारमा अधिकांश महिला छन् । कुवेत सरकारले आममाफी दिएका र आश्रय क्याम्पमा बसिरहेकाहरूलाई नेपाल ल्याइदिन लागेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणले जजिरा एअरलाइन्सको जहाजलाई कुवेतबाट काठमाडौं उडानको अनुमति दिएको छ । कुवेत सरकारले २६ देखि ३० अप्रिलसम्म आममाफीका लागि आवेदन आह्वान गरेको थियो ।

त्यसबेला आवेदन गरेका करीब दुई हजार ९०० जना नेपाली कुवेतमा आममाफी पाएर विभिन्न क्याम्पमा बसिरहेको कुवेतस्थित नेपाली राजदूतावासले बताएको छ । कुवेतमा विभिन्न सजाय पाएका, रोजगारी परिवर्तन गरेर अवैधरूपमा बसिरहेका र भिसा अवधि सकिएका कामदारहरूलाई कुवेत सरकारले माफी दिएर काठमाडौं ल्यादिन लागेको हो । कुवेत सरकराले यसअघि नै उनीहरूलाई नेपाल ल्याइदिन प्रस्ताव गरेको भए पनि नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगन भएको कारण सरकारले अनुमति दिएको थिएन ।

कुवेतबाट फर्किएका नेपालीहरूलाई नेपाली सेनाले विमानस्थलबाट काठमाडौंमा प्रदेशअनुसार तोकिएको होल्डिङ सेन्टरमा लगेर प्रदेश सरकारले तयार गरेको क्वारेन्टाइनलाई जिम्मा लगाउने छ । उनीहरू कम्तीमा १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै आफ्नो घर जान पाउनेछन् । यसअघि म्यानमार २६ जना र यूएई १६८ जनालाई काठमाडौं ल्याइदिएको थियो । नेपाल सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेसँगै विदेशमा भएका नेपालीहरूलाई त्यहाँको सरकारले नै काठमाडौं ल्याइदिन थालेको छ । सौर्य दैनिक