३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बर्खामा खुलेको स्वयम्भू, देखिएको काठमाडौं (फोटो फिचर)

बर्खामा खुलेको स्वयम्भू, देखिएको काठमाडौं (फोटो फिचर)
अ+ अ-

काठमाडौं । असारको अन्तिममा देशका अधिकांश स्थानको आकार बादलले डम्म ढाकेको छ । काठमाडौंको पूर्वी क्षेत्रमा पनि बादलले ढाकेको छ ।

पश्चिम क्षेत्रमा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू भने बिहान खुलेको छ । स्वयम्भूनाथबाट त काठमाडौंको सौन्दर्य अझ खुलेको देखिएको छ ।

बिहानैदेखि आकाश खुलेकाले काठमाडौंको पर्यावरण लोभलाग्दो छ । कुहिरो हटेको छ ।

काठमाडौं मात्र नभई उपत्यकाकै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको परिचायक स्वयम्भू बौद्धमार्गीको आस्थाको केन्द्रमात्रै होइन, यहाँ सबै धर्मावलम्बीको उत्तिकै घुइँचो लाग्छ ।

अझ काठमाडौं घुम्न आउने आन्तरिक एवम् बाह्य पर्यटकहरूको स्वयम्भू नघुमी घुमफिर तथा देशाटन पूर्ण हुँदैन ।

स्वयम्भू बौद्ध स्तूपलाई महाचैत्य पनि भनिन्छ । उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए ‘त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि ‘मन्त्र गरी दहमा रोपेका थिए ।

अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ ।

संस्कृतबाट स्वयम्भूको अर्थ स्वयम् उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ । काठमाडौँ उपत्यकाको स्थापना र नेपालको ईतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ । भगवान मन्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नुअघि यो भूमिमा बसेर तपस्या गर्नुभएको उल्लेखित पुरानो ग्रन्थहरूमा पाईन्छ ।

नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनि आएको हो ।