१२ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ–सुर्खेत जोड्ने कालिमाटी सडक कालोपत्रेपछि नियमित सवारी सञ्चालन



फाइल फोटो
अ+ अ-

सल्यान। लामो समयदेखि अलपत्र अवस्थामा रहेको सल्यानको कालिमाटी क्षेत्रको २४ किलोमिटर सडक अन्ततः कालोपत्रे सम्पन्न भएको छ। ठेकदारको लापरवाहीका कारण झण्डै ९ वर्षसम्म निर्माणमा ढिलाइ भएको सडकको काम सकिएपछि अहिले दाङ, सल्यान र सुर्खेतबीचको आवागमन सहज भएको छ। विशेष गरी बिरामी तथा सुदूर बस्तीका यात्रुहरूलाई अहिले सहज यात्रा सम्भव भएको छ।

तुलसीपुर–सल्यान कालिमाटी–सुर्खेत सडकखण्डको एक्लेबरदेखि काल्चेडाँडासम्मको भागमा कालोपत्रका लागि सडक डिभिजन कार्यालय दाङले २०७३ सालमा करिब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यही वर्ष टेन्डर आह्वान गरेर ‘कालिका प्यासिफिक जेभी’ कम्पनीलाई काम जिम्मा दिइएको थियो।

काम सुरु गर्नसमेत एक वर्ष लागेपछि निर्माण कम्पनीले २०७४ असार २० गतेदेखि मात्र कार्यान्वयन थालेको थियो। तीन वर्षभित्र सक्नुपर्ने सडकको काम भने ९ वर्ष लागेर सम्पन्न भयो। सडक डिभिजन कार्यालय दाङका इन्जिनियर नारायण दाहालका अनुसार ठेकदारको लापरवाहीका कारण बारम्बार म्याद थप्नुपरेको थियो।

“२०७३/७४ देखि २०७६/७७ भित्र सम्पन्न गर्नुपर्ने कालोपत्रको काममा कम्पनीले ६० प्रतिशतभन्दा बढी पनि सम्पन्न गर्न सकेन,” इन्जिनियर दाहालले भने, “बीचमै ठेक्का तोड्न प्राविधिक र कानुनी प्रक्रिया जटिल हुने भएकाले २०७७ देखि चार पटक म्याद थपेर काम गराउनुपर्‍यो।”

निर्माण कम्पनीका इन्जिनियर सन्तोष घिमिरेले पनि समयमै काम नहुनुमा व्यवस्थापन पक्षको कमजोरी स्वीकार गरेका छन्। पहिलेको अवस्थामा बर्खामा पहिरोले बाटो अबरुद्ध हुँदा यात्रुहरूलाई हिंडेरै गन्तव्य पुग्नुपर्थ्यो। अहिले भने गाडी नियमित सञ्चालनमा आएका छन्। खासगरी बिरामी बोक्ने एम्बुलेन्स, सार्वजनिक सवारी, र सुर्खेत–दाङ हुँदै काठमाडौं, डोल्पा र जाजरकोट गन्तव्यमा जाने सवारीको सञ्चालन नियमित भएको छ।

सडक छेउमा सुरक्षाका लागि सिमेन्टका पिलर गाड्ने काम भने अझै जारी छ। सडक कालोपत्रे भएपछि दाङ, सल्यान, सुर्खेत मात्र होइन, कर्णाली र लुम्बिनी प्रदेशको भित्री क्षेत्र जोड्ने मुख्य मार्गमा सुधार आएको छ। दैनिक काठमाडौंसम्मको बस सेवा सञ्चालनमा आउनु यसकै प्रमाण हो। यसले भविष्यमा व्यापार, स्वास्थ्य सेवा र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग गर्ने विश्वास लिइएको छ।




भर्खरै