१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

प्रभु साहको प्रश्न, ‘तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भयो ?’

प्रभु साहको प्रश्न, ‘तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भयो ?’
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तराई मधेस सहित काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको देखिएको समस्याको समाधान गर्न सरकारले चासो नदिएको बताएका छन् ।

प्रधानमन्त्रीदेखी मन्त्रीहरुले विदेशबाट मिनिरल वाटर मगाएर खाने तर नेपाली जनताले शुद्धखानेपानी समेत नपाउँने दुखद बिषय भएको टिप्पणी उनले गरे ।

प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा उनले पानीको हाहाकार हुँदा समेत सरकार गम्भिर नभएको भन्दै यस बारेमा सरकारले जवाफ दिनुपर्ने बताए । साहले प्रश्न गरे, ‘म सरकारलाई सोध्न चाहन्छु सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको ?’

दुई तिहाईको शक्तिशाली सरकार मानवता विरोधी र जवादेही सरकार नभएको टिप्पणी उनले गरे । संविधानमा खानेपानीलाई मौलिक हक भनिएको भए पनि सरकारले किन सुकुम्बासी बस्तीमा खानेपानी रोकेको भन्दै उनले यस बारेमा सरकारसंग जवाफ मागेका छन् ।

‘सभामुख महोदय, काठमाडौंको सुकुम्बासीहरु झण्डै एक सातादेखी खानेपानीका लागि आन्दोलित छन् । प्रत्येक दिन काठमाडौंको केयूकेएलको कार्यालय अगाडी खानेपानी माग्दै घेराउ र धर्ना उनीहरुले गरिरहेका छन् ।

म सरकारलाई सोध्न चाहन्छु सुकुम्बासीलाई खानेपानी किन रोक्नुभयो ?,’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘तपाईहरु आफ्ना लागि विदेशबाट महंगा मिनिरल वाटर मगाएर खानुपर्ने तर नेपाली जनता नर्मल पानीका लागि पनि तडपिनुपर्ने ? म जान्न चाहन्छु नेपाल सरकारको सुकुम्बासीप्रति कस्तो धारणा हो ? के सुकुम्बासी मान्छे हो की होइन ? गरिबहरु मान्छे हो की होइन ? हो भने यही ठाउँको महलमा पानीको सप्लाई जाने र सुकुम्बासी बस्तीमा रोक्ने काम सरकारले किन गरेको हो ?’

सरकारले यथासिघ्र सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने उनले बताउ । सरकार अलिकति पनि जवाफदेही र सम्बेदनशील छ भने सुकुम्बासी बस्तीमा तुरुन्त खानेपानीको व्यवस्था गर्नुपर्ने उनले बताए । खानेपानीका लागि आन्दोलन गरिरहेका सुकुम्बासीको आन्दोलन तुरुन्त सम्बोधन गर्न समेत उनले सरकारलाई आग्रह गरेका छन् । साथै सुकुम्बासीप्रति विभेदन गर्न समेत उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरे । विभेद नगरी सुकुम्बासीलाई पनि खानेपानी उपलब्ध गराउँनुपर्ने उनले बताए ।

यस्तै उनले तराई मधेसमा खानेपानीको हाहाकार रहेको बताउदै सरकारले त्यसतर्फ तुरुन्त ध्यान दिनुपर्ने बताए । ‘इनार सुकेको छ, चापाकलमा पानी आउँदैन्, बोरिङहरुमा समेत पानी आउँन छोडेको छ ।

मान्छे पानीबिना तडपिरहेको छ, काकाकुलको अवस्था छ । यस्तो अवस्थामा यसबारेमा सरकारले के गरिरहेको छ ? सरकारले यसबारेमा जवाफ देओस् भन्ने म आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने ।

सरकारले कि संसदलाई गनिरहेको छैन वा सरकार बहिरो रहेको टिप्पणी उनले गरे । तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भएको भन्दै उलने जवाफ माग गरेका छन् । खानेपानीको अभाव बारेमा खानेपानी मन्त्री, सरकारले गरिमामय संसदमा जवाफ दिनुपर्ने र देखिएको समस्या तुरुन्त समाधान गर्नुपर्ने माग उनले गरे । यदी पानी जीवन हो भने सरकाले मान्छेको जीवनसंग खेलवाड गर्ने अधिकार नभएको उनले बताए ।