२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो समीकरण मन नपराउनेहरु सरकार ढल्यो भन्ने भ्रम फिँजाउन व्यस्त छन्ः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण मन नपराउनेहरु अहिले पनि सरकारको बारेमा भ्रम छरिरहेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टीका सबै विभागहरुको संयुक्त छलफललाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले हरेक दुई महिनामा सरकार ढल्दैछ भन्ने भ्रम फिँजाउने काम भइरहेको र प्रधानमन्त्री र पार्टी सभापतिहरुले सरकार जारी रहन्छ भनेर स्पष्टीकरण दिइरहनुपरेको बताउनु भयो । उहाँले वर्तमान समीकरण मन नपराउनेहरुले अहिलेको समीकरणका विरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेको बताउनु भयो । स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित देख्ने जमातबाट यो काम भइरहेको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘हरेक दुई महिनामा प्रधानमन्त्री र पार्टीका सभापतिले भन्नुपरिरहेको छ, यो सरकार जारी रहन्छ । यस्तो किन हुने गर्दछ भने यो समीकरण मन नपराउनेहरु यो समीकरणका विरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेकै छन् । यो चिजलाई हामीले बुझ्नुपर्दछ । हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला चलाइन्छ तर सरकार निरन्तर जारी छ । एक वर्ष हामीले गुजारीसक्यौँ । यो मुलुकमा स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित हुने जमात छ । उनीहरु निरन्तर रुपमा अस्थिरताका लागि सोसल मिडियाको दुरुपयोग गरिरहेका छन् ।’

महासचिव पोखरेलले प्रमुख पार्टीहरु सरकारमा गएपछि लोकतन्त्रले के दियो र गणतन्त्रले के दियो भन्ने अभियान चलाइएको बताउनु भयो ।