२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले वाचा होइन, सरकारसँग जवाफदेहीता खोजेका छन्ः एमाले सांसद बराल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)की सांसद सुनिता बरालले नेपाली जनताले वाचा नभई जवाफदेहीता खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद बरालले यस्तो धारणा राख्नुभएको हो । उहाँले राज्यका निकायहरु निश्प्रभावी हुँदै गएको कुरामा सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

उहाँले केही गैरसरकारी संस्थाहरुले असम्बन्धीत व्यक्तिहरुलाई विदेशी कार्यक्रममा पठाउने विषय समेत निकै संवेदनशील रहेको बताउनु भयो । यसअघि प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गैरसरकारी संस्थाबाट गएका नागरिकहरु नफर्किएका समाचारहरु सार्वजनिक भएका थिए । उहाँले संस्था वा व्यक्तिको लाभका लागि असम्बन्धित कार्यक्रममा पठाउने संस्थाहरुमाथि छानविन गरी कानूनी कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतिपय विदेशी कार्यक्रममा कर्मचारी, नेता, कलाकार, खेलाडी जाने कुरा स्वभाविक छ । विदेशी मुलकले भिसा एप्रोच गरेका व्यक्तिलाई भिसा दिने कि नदिने भनेर नेपाल सरकारलाई सोध्ने गर्दैन । तर अहिले केही गैरसरकारी संस्थाहरुले असम्बन्धीत व्यक्तिहरुलाई विदेशी कार्यक्रममा पठाउने गरेको समाचार निक्कै संवेदनशील छ । यदि त्यस्तो हो भने संस्थाले आफ्नो वा व्यक्तिको लाभका लागि यस्तो गरेको हो भने राज्यका निकायहरुमार्फत छानविनको दायरामा ल्याइनुपर्छ । र दोषिलाई कारबाही गर्नुपर्छ । आज राज्यका निकायहरु कमजोर हुने र निश्प्रभावी भएको हुन कि भन्ने कुरमा सरकारको ध्यान जानुपर्छ । आज नेपाली जनताले वाचा होइन जवाफदेहीता खोजेको कुरामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले सेवा प्रवाह, सुशासन लगायतका कुरामा ध्यान दिन जरुरी रहेको समेत बताउनु भयो ।