१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

पोजेटिभ भएको दुई सातामै नेगेटिभ !

पोजेटिभ भएको दुई सातामै नेगेटिभ !
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमण भइहाल्यो भने कति दिनसम्म अस्पतालको आइसोलेसनमा बसेर उपचार गर्नु पर्ला ? यो कुराले चिन्तित हुनुहुन्छ भने अब ढुक्क हुनुहोस्। दीर्घ रोग नलागेका कोरोना पोजेटिभ व्यक्ति दुई सातामै डिस्चार्ज हुन थालेका छन्। आइसोलेसनमा बसेर उपचार गरिरहेका कोरोना भाइरस पोजेटिभ भएका व्यक्तिको उपचारपछि छिट्टै निको हुन थालेको चिकित्सकहरू बताउँछन्। कोरोना भाइरस नेगेटिभ देखिएपछि संक्रमितको आइसोलेसनमा बसाईं अवधि पनि छोटो हुन थालेको छ। गत चैत महिनामा संक्रमितले चार सातासम्म आइसोलेसनमा बसेर उपचार गराएको पाइएको थियो। उपचारका लागि अस्पतालको आइसोलेसनमा बस्नु बसाइ अवधि औसत दुई सातामा झरेको छ। मन्त्रालयका अनुसार संक्रमितको आइसोलेसनमा औसत बसाइ १५ दिन रहेको छ। बिहीबार हालसम्मको सबैभन्दा धेरै संक्रमित डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, एकैदिन कूल १ सय ८७ जना डिस्चार्ज भएका छन्। तीमध्ये १ सय ७९ जना पुरुष छन्। त्यस्तै महिलाको संख्या ८ जना रहेको छ। लक्षण देखिएका संक्रमितको अस्पतालको बसाई अवधि लामो हुने गरेको चिकित्सक बताउँछन्।

संक्रमितहरूको उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा।सागर कुमार राजभण्डारीका अनुसार, डिस्चार्ज बिरामीको स्वास्थ्य अवस्थालाई मध्यनजर राखिन्छ। उनले भने, ‘लक्षण देखिएका व्यक्तिको अस्पतालमा बसाइ अवधि लामो हुन्छ। कोरोना संक्रमण बाहेक अन्य रोगहरू पनि भएका व्यक्तिहरू लामो समय अस्पतालमा बस्नु पर्ने हुन सक्छ।’संक्रमितको क्लिनिकल, भाइरोलोजिकल र रेडियोलोजीको दृष्टिले पनि स्वस्थ देखिएको अवस्थामा डिस्चार्ज गरिने डा. राजभण्डारीले जानकारी दिए। नियमित औषधि सेवनले सुधार भएको, ज्वरो, खोकी केही नलागेको र एक्सरे, सिटिस्क्यिान गर्दा समस्या नदेखिएमा अस्पतालले डिस्चार्ज गर्छ। त्यस्तै आरडीटी एवं पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको अवस्थामा अस्पतालले बिदाई गर्ने गरेको छ। संक्रमितको हालसम्मको सबैभन्दा लामो अवधि चार साता भन्दा बढी अस्पताल बसेर डिस्चार्ज भएको र सबैभन्दा न्यून अवधि ५ दिन बसेर डिस्चार्ज भएको डा. राजभण्डारीले बताए।मन्त्रालयद्वारा जारी विवरण अनुसार जेठको पहिलो साता संक्रमितको बसाइ अवधि १९ रहेको थियो। जेठको दोस्रो साता १६ दिन थियो। हाल १५ दिनमा झरेको छ।

कोरोना संक्रमितमध्ये अहिलेसम्म ६ सय ७४ जना आइसोलेसन वार्डबाट डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार, डिस्चार्ज भएकामध्ये पुरुष ५ सय ९५ छन्। महिला ७९ रहेका छन्। आइसोलेसनमा बसेका व्यक्तिहरू पीसीआर परीक्षणमा नेगेटिभ देखिएपछि बल्ल डिस्चार्ज गरिन्छ। कोरोना संक्रमण भएका धेरै व्यक्तिहरूमा जटिल अवस्था देखा नपर्दै निको भएको पाइएको डा।गौतमको भनाइ छ। उनी भन्छन्, ‘वृद्धवृद्धा र दीर्घ स्वास्थ्यसमस्या भएका व्यक्तिहरूलाई कोरोना संक्रमणको जोखिम अझ बढी हुन्छ। एलर्जी, खोकी र दम भएका व्यक्तिमा कोरोना संक्रमणको उच्च जोखिममा हुन्छन्।’

साढे दुई सय नयाँ संक्रमित

मन्त्रालयका अनुसार बिहीबार नयाँ संक्रमितको संख्या २ सय ५० रहेको छ। त्यसमध्ये २ सय ३० जना पुरुष र २० जना महिला रहेको डा। गौतमले जानकारी दिए। हालसम्म अस्पतालबाट कुल डिस्चार्ज हुनेको संख्या ८ सय ६१ रहेको छ। तीमध्ये ७ सय ७४ जना पुरुष र ८७ जना महिला रहेका छन्।

७२ जिल्ला संक्रमित

मुलुकका ७२ जिल्लाका कोराना संक्रमितहरू फेला परेका छन्। हालसम्म सबै प्रदेशमा गरी कुल ४ हजार ६ सय २२ जना संक्रमित रहेका छन्। अन्नपुर्णपोष्ट दैनिक