१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने

साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने
अ अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने बताउनुभएको छ ।

आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) को १४औँ वार्षिकोत्सव समारोहमा उहाँले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या एचआइडिसीएलले हेर्नुपर्नेमा जोड दिँदै सरकारले आवश्यक सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।

“सरकार मातहतको कम्पनी एचआइडिसीएलले विभिन्न आयोजना निर्माणका क्रममा वित्तीय अभावका कारण समस्या परेका साना आयोजनालाई पुँजी अभाव हुन दिनुहुँदैन । २५ मेगावाट भन्दा कम क्षमताका आयोजनामा लगानी नगर्ने भनिएकामा त्यसलाई तत्काल परिमार्जन गर्नुपर्छ ।

साना, ठूला वित्तीय समस्यामा परेका आयोजनालाई लगानी गर्ने सरकारको दायित्व हो”, खड्काले भन्नुभयो । साना र मझौला आयोजनाले पनि ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका उहाँको भनाइ छ ।

मन्त्री खड्काले ठूला आयोजना र लगानीकर्तालाई आकर्षित गर्न एचआइडिसीएलले सहजीकरणको भूमिका मजबुत बनाउँदै आवश्यक परे ऋण र इक्विटीका माध्यमबाट वित्तीय अभाव समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सबैलाई सहज हुने किसिमका नीति अवलम्बन गर्दै जानुपर्ने उहाँको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले मुलुकको ऊर्जा आत्मनिर्भरता र निर्यातको सम्भावनालाई साकार बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । “आजको आवश्यकताअनुसार नयाँ सोच र प्रविधिसँगै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले जलस्रोत मुलुकको प्राकृतिक सम्पत्ति भएकाले यसको वैज्ञानिक र दिगो उपयोगमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । जलविद्युत् परियोजनाहरूको निर्धारित समयमा सम्पन्नता, गुणस्तरीय निर्माण र लगानीमैत्री वातावरण सिर्जनामा नीतिगत सुधारलाई मन्त्रालयले अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो ।

ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रमा थप लगानी भित्र्याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा राख्नुभयो । “प्राकृतिक स्रोत र खनिजको सदुपयोग गरेर मात्रै देशलाई समृद्धिको बाटोमा ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो । एचआइडिसीएल ऊर्जा क्षेत्रको बैंकको पनि बैंक बन्न सक्ने उहाँको भनाइ छ ।

एचआइडिसीएलका अध्यक्षसमेत रहनुभएका मन्त्रालयका सचिव सुरेश आचार्यले कम्पनीको १४ वर्षे यात्रामा निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि एचआइडिसीएलले सकारात्मक भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले लगानीकर्तालाई लगानीको वातावरण सुरक्षित गर्ने मार्गमा एचआइडिसीएल लाग्नुपर्ने बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले छोटो समयमा नेपालको उर्जा क्षेत्रको विकासमा एचआइडिसीएलले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले उत्पादनसँगै प्रसारण लाइनको क्षेत्रमा एचआइडिसीएल लाग्नुपर्नेमा जोड दिनुभयो ।

एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले जलविद्युत् र सौर्य ऊर्जासँगै नवीकरणीय ऊर्जाको क्षेत्रमा यसले काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले सरकारले राखेको ऊर्जा विकासको मार्गचित्रलाई कार्यान्वयन गर्न आफू र आफ्नो कम्पनी लाग्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । रासस