५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमला नदीमा दुई लाख माछाका भुरा छोडियो



अ+ अ-

सिराहा। जिल्लाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा स्थानीयको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले करिब दुई लाख माछाका भुरा छोडिएको छ ।

कर्जन्हा–१ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेलका अनुसार रहु र नैनी प्रजातिका माछाका भुरा वडा कार्यालयको सहजीकरण र लहानस्थित मत्स्य विकास केन्द्रको समन्वयमा नदीमा छाडिएको हो । भुरा छाड्ने कार्यक्रममा जनप्रतिनिधि, मत्स्य विकास केन्द्रका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो ।

“सिराहा, धनुषा र उदयपुरको सङ्गमस्थल उत्तरबाहिनी क्षेत्र पवित्र धार्मिक महत्त्व बोकेको स्थान हो । यहाँका स्थानीय परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् । भुरा हुर्किएपछि स्थानीयकको आम्दानीमा वृद्धि हुनेछ”, वडाध्यक्ष पोखरेलले भन्नुभयो ।

उहाँका अनुसार नदीमा रैथाने प्रजातिका माछा पहिलेदेखि पाइँदै आए पनि अहिले छोडिएका उन्नत प्रजातिका भुरा प्राकृतिक रूपमा हुर्किन सक्ने भएकाले यो दीर्घकालीन रूपमा लाभदायक हुने विश्वास गरिएको छ ।

मत्स्य विकास केन्द्र लहानका प्रमुख प्रियङ्का यादवले सार्वजनिक जलासयहरूमा जैविक विविधता संरक्षण र स्थानीय समुदायको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले भुरा छाडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी दररेटअनुसार प्रतिगोटा ७५ पैसाका दरले रु एक लाख ५० हजार बराबरको भुरा चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत कमला नदीमा छाडिएको हो ।”

उहाँले आगामी आर्थिक वर्षमा पनि यस्तो कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । भुरा छाड्ने अभियानले जैविक संरक्षणका साथै माछामार समुदायको आर्थिक अवस्था सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । रासस