३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
अ+ अ-

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो उपस्थिति बलियो बनाएका छन् । गत वर्ष सन् २०२४ मा बर्लिन चलचित्र महोत्सवको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा छनोट भएपछि नेपाली चलचित्र ‘शाम्बाला’ को राम्रै चर्चा भयो । यद्यपि गएको वर्ष विसं २०८१ को नेपालमा प्रदर्शन भएका चलचित्रको ‘बक्सअफिस’ तथ्याङ्क हेर्ने भो व्यापार राम्रो गर्न सकेको छैन ।

यही असार १६ मा चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा सर्वाधिक कमाई गर्ने २५ चलचित्रको नामावली सार्वजनिक ग¥यो । जहाँ कलात्मक रुपमा निर्माण गरिएका र अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने कुनै चलचित्र परेनन् । अर्थात् घरेलु बजारमा चलचित्र महोत्सवमा पुग्ने चलचित्र सफल हुनसकेका छैनन् ।

नेपाली दर्शकले घरेलु बजारमा ती चलचित्रलाई किन साथ दिइरहेका छैनन् भन्ने जिज्ञासामा चलचित्र निर्देशक सुवर्ण थापाले दर्शकमा स्थापित भएको भाष्य कारक मान्नुभएको छ । “अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा पुग्ने चलचित्र बुझ्न कठिन हुन्छ, यो हाम्रो लागिभन्दा पनि विदेशीका लागि बनाइएको हो भन्ने भाष्य दर्शकमा स्थापित हुनु गलत हो । चलचित्र सबैका लागि निर्माण गर्छौं, विदेशी चलचित्र बुझ्ने दर्शकले स्वदेशी चलचित्र नबुझ्ने त हँुदैन होला । हाम्रो निर्माण शैली नियमितभन्दा फरक हुनसक्छ तर हामीले सबै दर्शकका लागि बनाएका हुन्छौँ”, निर्देशक थापाले भन्नुभयो ।

उहाँले चलचित्र विकास बोर्डले घरेलु बजारमा व्यापार गर्ने चलचित्रसँगै अन्तरराष्ट्रिय महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने, नेपाली परिवेशलाई प्रस्तुत गर्ने र नेपाली कला, संस्कृतिको प्रवद्र्धन गरिरहेका कलात्मक चलचित्रलाई पनि प्रोत्साहन गर्नुपर्ने विचार राख्नुभयो ।

निर्देशक थापाले भन्नुभयो, “घरेलु बजारमा व्यापार गरेका कुनै चलचित्रले अन्तरराष्ट्रिय महोत्सवमा पुगेर नेपाललाई प्रतिनिधित्व गरेनन् । हामीले देशको परिवेश र संस्कृतिलाई लिएर विदेशी चलचित्रकर्मीसम्म पु¥याएका छौँ । अहिले कलात्मक रुपमा अन्य धेरै देशका भन्दा नेपाली चलचित्र अब्बल बन्ने गरेका छन् । यसलाई राज्य र घरेलु दर्शकबाट प्रोत्साहन चाहिएको छ ।” उहाँले निर्देशन गर्नुभएको ‘सुनगाभा’, ‘राधा’ अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा पुगेका थिए ।

निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले चलचित्रको व्यापार र कलात्मक पक्ष भिन्न रहेको बताउनुभयो । चलचित्रको समीक्षा र व्यापारलाई तुलना गर्न नहुने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “नेपालमा मात्र नभई छिमेकी मुलक भारत र हलिउडकै कलात्मक वा महोत्सवमा अब्बल साबित भएका चलचित्रहरू बक्सअफिसमा कम्जोर देखिएका छन् । हाम्रोभन्दा बजार ठूला भएकाले उनीहरुको व्यापार बढी भएजस्तो लागेको हो तर सर्वाधिक कमाउने चलचित्रको सूचीमा ती चलचित्र हुदैनन् ।

यस्तै, राम्रा चलचित्रको सूचीमा बक्सअफिसमा सफल चलचित्र पर्दैनन् । तर, ती कलात्मक वा महोत्सव केन्द्रित देखिएका चलचित्रलाई राज्यले प्रोत्साहन गर्नुपर्छ र बिस्तारै ती घरेलु बजारमा पनि अब्बल साबित हुन्छन् ।”

उहाँले घरेलु बजारमा महोत्सवमा अब्बल भनिएका चलचित्रको व्यापार कमजोर हुनुलाई दर्शकको स्वाद मेल नखाएको बताएका छन् । आफैँ चलचित्र समीक्षक हुँदा कलात्मक चलचित्रको प्रवद्र्धनमा जुटेका लामाले चलचित्र निर्देशक भएपछि त्यस्ता कलात्मक चलचित्र निर्देशन गर्नसकेका छैनन् ।

“महोत्सवमा पुगेका चलचित्र र नेपाली दर्शकको स्वाद एकापसमा नमिलेको हुनसक्छ । यो स्वाभाविक पनि हो, किनकि हामीले विश्व चलचित्रसँग प्रतिस्पर्धा गर्ने काम गरिरहँदा त्यो सबैका लागि उपयुक्त नहुन पनि सक्छ । तर, त्यस्ता चलचित्रको निर्माण निरन्तर हुनुपर्छ अनि मात्र हामीले घरेलु दर्शकको सङ्ख्या बढाउन सक्छौँ”, निर्देशक लामाले भन्नुभयो ।

अभिनेत्री केकी अधिकारीले नेपाली चलचित्रले अन्तरराष्ट्रिय महोत्सवमा पुग्दा आफूलाई खुसी लाग्ने बताउनुभयो । “म ती चलचित्रको दर्शक हुँ, म कुर्ने गर्छु । तर, म जस्ता दर्शक कम भएका हुन् कि जस्तो लाग्छ । कहिलेकाहीँ ती चलचित्रको चर्चा हुँदा ती चलचित्र भवनमा हुँदैनन् । यस्ता विभिन्न तथ्यले गर्दा महोत्सवमा अब्बल भनिएका चलचित्र घरेलु बजारमा कमजोर भएका छन्”, उहाँले भन्नुभयो ।

अभिनेत्री अधिकारीले भन्नुभयो, “म चलचित्रमा निर्मात्रासँगै अभिनेत्री पनि थिएँ । हामीले उठान गरेका विषय अन्तरराष्ट्रिय महोत्सवमा पुग्नुपर्छ भन्ने लागेको थियो । तर, निर्माताका रुपमा मैले चलचित्र प्रदर्शन हुनु नै सफलता हो भन्ने ठाउँमा पुगे, सङ्घर्ष धेरै भए । हामीले चाहेका चलचित्र महोत्सवमा पठाउन नमिल्ने रहेछ, अन्यमा पठाउन मसहित चलचित्र निर्माण समूहको निर्णय भएन ।”

उहाँको चलचित्र अन्तरराष्ट्रिय चलचित्र महोत्सव नपुगे तापनि घरेलु बजारमा राम्रो व्यापार गर्न सफल भयो । उक्त चलचित्रले रु १० करोड व्यापार गरेको तथ्याङ्क चलचित्र विकास बोर्डमा छ ।

घरेलु बजारमा सर्वाधिक कमाई गर्ने चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले घरेलु बजार र अन्तरराष्ट्रिय महोत्सवमा पुग्ने दुवै किसिमका चलचित्र चाहिने बताउनुभयो । “हामीले कलात्मक भन्ने ‘आर्टहाउस फिल्म’ र व्यासायिक भन्ने दुवै किसिमका चलचित्र बनाउनुपर्छ । किनकि घरेलु बजारसँगै अन्तरराष्ट्रिय उपस्थिति महत्वपूर्ण छ । अहिले राज्यको प्रोत्साहन दुवैलाई चाहिएको छ”, निर्माता पौडेलले भन्नुभयो ।

आफ्नो पहिलो चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनका क्रममा गर्नुपरेको सङ्घर्षलाई स्मरण गर्दै उहाँले चलचित्र भवन सञ्चालकले नेपाली चलचित्रलाई दायित्वका रुपमा पनि बुझ्नुपर्ने बताउनुभयो । “म अस्ट्रेलियामा चलचित्र वितरण गर्थे । त्यहाँ एक हप्ताको ‘शो’ निकालिएपछि घटाइने वा हटाइने हुँदैन, यसले स्थिर बनाउनाका साथै दर्शकले आफ्नो समयअनुसार चलचित्र हेर्ने सोच बनाउँछन् । तर, यहाँ ‘शो’ कतिबेला हट्छ भन्ने थाहै हुँदैन, त्यसैले यसमा स्थिरता भएमा घरेलु बजारमा हामीले चर्चा गरिरहेको दुवै चलचित्रलाई लाभ हुन्छ भन्ने मलाई लाग्छ”, निर्माता पौडेलले भन्नुभयो ।

चलचित्र महोत्सवलाई लक्षित गर्दै निर्माण गरिएका चलचित्रमा ‘गाउँ आएको बाटो’ ले घरेलु बजारमा रु चार करोडको व्यापार गरेको थियो । ‘आर्टहाउस फिल्म’ भनिएको ती चलचित्रको सूचीमा ‘गाउँ आएको बाटो’ नै अहिलेसम्म सर्वाधिक कमाउने चलचित्र बनेको छ ।