२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी प्रश्ताव राष्ट्रिय सभामा दर्ता



अ+ अ-

काठमाडौँ । ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता भएको छ ।

सार्वजनिक महत्व प्रश्तावको प्रश्तावक नेकपा (एमाले)की सांसद सुमित्रा वि.सी. हुनुहुन्छ भने सांसदरु उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक हुनुहुन्छ । युवाहरुको बढ्दो पलायनको कारण ज्येष्ठ नागरिकहरुले सुरक्षामाथि चुनौती थपिँदै गएको भन्दै यसबारे सरकार गम्भिर बन्नुपर्ने उहाँहरुको माग छ ।

ज्येष्ठ नागरिकको सहभागिता र जन्मदर बढाउने हिसावले अबको नीति बन्नुपर्नेमा उहाँहरुको जोड दिनुभयो । जरुरी सार्वजनिक महत्वको प्रश्ताव राख्दै सांसद वि.सी.ले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क गराउने, ज्येष्ठ नागरिकको वर्गिकरण र अवस्थाको आधारमा हवाई यातायात तथा सबै प्रकारको सार्वजनिक यातायातमा छुटको व्यवस्था गर्ने, राज्यको भार कम गर्न बैंकहरुमा निष्क्रिय खातामा रहेको रकमहरु ज्येष्ठ नागरिक कोषमा ल्याउने लगायत व्यवस्था गर्न माग गर्नुभयो ।

उक्त जरुरी महत्वको प्रश्तावमाथिको छलफलमा बोल्दै समर्थक सांसदहरुले समेत ज्येष्ठ नागरिकको सुरक्षाप्रति राज्य गम्भिर हुन जरुरी रहेको धारणा राख्नुभयो ।