१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

सुदूरपश्चिम विश्वविद्यालयमा अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना

सुदूरपश्चिम विश्वविद्यालयमा अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना
अ अ+ अ-

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र विभागमा आज अनुसन्धान व्यवस्थापना इकाइ कार्यालय स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु १० लाखको आर्थिक सहयोगमा उक्त इकाइ स्थापना गरिएको हो ।

गुरुपूर्णिमाका अवसरमा आयोजित एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले कार्यालयको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा पूर्वमुख्यमन्त्री रावलले परम्परागत शिक्षण पद्धतिलाई नवप्रवर्तनयुक्त शैक्षिक प्रणालीसँग जोड्न तथा नीति निर्माणमा आधारित तथ्य अनुसन्धानलाई संस्थागत गर्न यो इकाइ महत्वपूर्ण रहने बताउनुभयो । उहाँले अनुसन्धानमैत्री वातावरण निर्माणमा यसले दीर्घकालीन योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

प्रदेश सरकारबाट उपलब्ध बजेटमार्फत स्मार्ट बोर्ड, ल्यापटप, कम्प्युटर, कुर्सी, टेबललगायत सामग्री खरिद गरिएको छ । यसअघि, अघिल्लो आर्थिक वर्षमा व्यवस्थापन सङ्कायमा आइसिटी ल्याव स्थापना गरिएको थियो भने आगामी आवमा विश्वविद्यालयमा अनुसन्धान केन्द्र स्थापनाका लागि बजेट व्यवस्था गरिएको जानकारी दिइएको छ । रासस