१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कोरोनाको कहरः प्रत्येक एक घण्टामा १२ जना संक्रमित

कोरोनाको कहरः प्रत्येक एक घण्टामा १२ जना संक्रमित
अ अ+ अ-

काठमाडौं । प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएको देखिन्छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत आइतबार २ सय १३, सोमबार ३ सय १४, मंगलबार ३ सय २३, बुधबार २ सय ७९, बिहीबार २ सय ५० र शुक्रबार ४ सय ४८ जना नयाँ संक्रमित थपिएका थिए । कुल संक्रमितमध्ये ९ सय १३ जना डिस्चार्ज भएका छन् । जसअन्तर्गत पुरुष ८ सय २२ र महिला ९१ जना छन् । हालसम्म संक्रमितमध्ये १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले बताए । यसैगरी, नेपालमा मृत्यु भएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार नियमित कोरोना ब्रिफिङका क्रममा वीरगन्जमा २८ जेठ र ३० मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले उनीहरूको वीरगन्ज प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा शनिबार बिहान रिर्पोटमा कोरोना पोजिटिभ आएको जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । थपिएका २ सय ७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ । १ लाख २१ हजार ८ सय ६२ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभर ४ हजार १ सय ६९ जना आइसोलेसनमा उपचाररत छन् । यस्तै, १ लाख ५८ हजार ५० जना क्वारेन्टिनमा बस्दै आएका छन् । संक्रमितमध्ये अधिकांशमा लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिक