१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

भोलिबाट ६० लाख विद्यार्थीका लागि वैकल्पिक कक्षा

भोलिबाट ६० लाख विद्यार्थीका लागि वैकल्पिक कक्षा
अ अ+ अ-

देशभरका ६० लाख विद्यार्थीले वैकल्पिक विधिबाट पढ्ने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तक र पाठ्यक्रममा आधारित भएर उत्पादन गरेको श्रव्यदृश्य भोलि असार १ गतेबाट पढाउने भएको हो । केन्द्रले पहिलो चरणमा कक्षा ९ र १० का लागि विभिन्न सेवा प्रदायक डिसहोम, नेट टिभी र मेघा म्यास च्यानलबाट पढाइ प्रसारण गर्ने जनाएको छ । त्यस्तै कक्षा १–८ को एनटिभी प्लस र रेडियो नेपालबाट पढाइने भएको छ । केन्द्रले पहिलो चरणमा असार मसान्तसम्मको तालिका सार्वजनिक गरेको छ । त्यसपछि थप पाठ्य सामग्री तयार हुने केन्द्रले जनाएको छ ।केन्द्रका उपमहानिर्देशक विष्णु अधिकारीले भोलिबाट कक्षा सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको बताए । दिनमा ८ वटा पाठ तयार गर्ने गरी काम भइरहेको उनको भनाइ छ । केन्द्रले कक्षा ९ र १० को ६ वटा अनिवार्य विषय र १ देखि ८ सम्म विज्ञान, गणित र अंग्रेजी विषय पढाउन लागेको उपमहानिर्देशक अधिकारीले बताए।

केन्द्रले उपमहानिर्देशक अधिकारीकै नेतृत्वले पाठ्य सामग्री तयार गरेको हो । शुक्रबार राति सार्वजनिक गरिएको समयतालिकामा बिहान १० बजेदेखि ४ घन्टा पढाइ हुने उल्लेख छ । केन्द्रका योजना तथा कार्यक्रम महाशाखाका प्रमुख उपमहानिर्देशक इमनारायण श्रेष्ठले करिब १५ करोड रुपियाँ लागतमा पाठ्यक्रम निर्माण गरिने बताए । उनले भने– ‘एनटिभी प्लसमा रेकर्डिङ र पाठ्यक्रम निर्माण गर्न ६ र प्रसारण गर्न करिब ३ करोड गरी ९ करोड तथा रेडियो नेपालाट कार्यक्रम निर्माण गर्न ४ र प्रसारण गर्न १ करोडसमेत गरी करिब ५ करोड लाग्छ ।’ श्रेष्ठका अनुसार सबै तहको पठनपाठन बिहान १० देखि ३ बजेसम्म हुनेछ । एनटिभी प्लसबाहेक तीनवटा सेवाप्रदायक संस्थाले निःशुल्क प्रसारण गरिदिने गरी सम्झौता भएको उपमहानिर्देशक अधिकारीले बताए । केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाले करिब ६० लाख विद्यार्थीलाई कुनै न कुनै माध्यमबाट पढ्नुपर्छ भन्ने वातावरण तयार गर्न भोलि सोमबारबाट रेडियो र टेलिभिजनबाट पढाइ शुरू गर्न लागेको बताए ।

उनले जोसँग जुन माध्यम पाइन्छ त्यहीबाट पढाइ शुरू गर्न सबैलाई निर्देशन दिए । केन्द्रले विज्ञ शिक्षकको सहयोगमा पाठ्यक्रम तयार गरेको विद्यालय नखुलुन्जेलसम्म यही माध्यमबाट पढाइने बताएको छ । उता प्याब्सनले पनि आज आइतबारबाटै कक्षा सञ्चालन गर्ने भएको छ । प्याब्सनले ७ देखि १० कक्षासम्म जनता टेलभिजन, २ देखि ६ कक्षासम्म टिभी टुडे र नर्सरीदेखि १ सम्म योहो टेलिभिजनबाट पढाइ हुने जनाएको छ । प्याब्सन उपाध्यक्ष गोपाल आचार्यले अनलाइनबाट पढनपाठन गर्दा एउटा विद्यालयका विद्यार्थीले मात्रै जानकारी पाउने गरेका अब टेलिजिनबाट पढाउँदा सबैले एउटै माध्यमबाट बुझ्ने जानकारी दिए । यता प्यासनले ७–१० कक्षासम्मका विद्यार्थीलाई बिहान १० देखि १ बजेसम्म, ३ देखि ६ सम्मका विद्यार्थीलाई ३ देखि ५ बजेसम्म, नर्सरी यूकेजी, एलकेजी र १ कक्षाका लागि दिउँसो १ देखि ३ बजेसम्म पढाइने समयतालिका सार्वजनिक गरेको छ ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले लामो समयदेखि घरमै बस्दै आएका विद्यार्थीलाई टेलिभिजनबाट कक्षा लिने व्यवस्था गरिएको बताए । उनले अधिकांश विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको अवस्थामा थप व्यवस्थितरूपमा पढाउन अनलाइन कक्षा सञ्चालन गरिएको बताए । प्याब्सनअन्तर्गत करिब १५ लाख विद्यार्थीले टेलिभिजनबाट पढ्ने भएका छन् । निजी र सरकारी विद्यालयले एकैपटक पढाइ शुरू गर्न लागेपछि विद्यालय शिक्षाले फड्को मार्ने विश्वास लिइएको छ । नेपाल समाचारपत्र दैनिक