१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न नेकपा एसको निर्देशन



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई ७ दिनभित्र लिखित आत्मालोचना गर्न निर्देशन दिएको छ ।

पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दायर भएपछि आलोचना गरेकी स्थायी कमिटी सदस्य झाँक्रीलाई आत्मालोचना गर्न पार्टीले निर्देशन दिएको हो ।

एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले झाँक्रीको अभिव्यक्तिले पार्टीलाई नकारात्मक असर गरेको ठहर गर्दै ७ दिनभित्र आत्मालोचना गर्न निर्देशन दिएको हो ।

गत साता अध्यक्ष नेपालमाथि मुद्दा दायर गरिएको विषयमा नैतिक प्रश्न उठाएपछि झाँक्रीलाई स्पष्टीकरण सोधेको थियो ।

नेपाल प्रधानमन्त्री भएका बेला काभ्रेको पतञ्जली जग्गाको हदबन्दी हटाउने निर्णय गरी जग्गा हिनामिना गरेको विषयमा मुद्दा दायर भएपछि असार १५ मा बुटवलको एक कार्यक्रममा झाँकीले अध्यक्ष नेपालको काँध थाप्न नसकिने बताएकी थिइन् । उनले अध्यक्ष नेपाललाई बोकेर हिँड्न नसक्ने बताएकी थिइन् ।

‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनको भनाइ थियो, ‘अर्ली महाधिवेशन गरौं । हलबाट नेतृत्व छानौं । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरुबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न ।’

यसअघि झाँक्रीले अध्यक्ष नेपालमाथि लागेको मुद्दा व्यक्तिगत भएको तर्क गरेकी छन् ।