५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभूवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएकोप्रति माओवादीको आपत्ति



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले त्रिभूवन विश्वविद्यालयको सिनेट बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै तत्काल बैठक राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उपमहासचिव पुनले प्रधानमन्त्री स्वयं त्रिभुवन विश्वविद्यालयको कुलपति रहेको स्मरण गराउँदै सिनेट बैठक अविलम्व बोलाउन ध्यानाकर्षण गराउनुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर तुरुन्त निर्माण गर्न माग गर्दै सरकारसँग लाखौं युवाको भविष्यप्रति उत्तरदायी बन्न आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयको कुलपति सम्माननीय प्रधानमन्त्रीज्यू हुनुहुन्छ । यसै हप्ता बोलाइएको सिनेटको बैठक आकस्मिक रुपले स्थगित गरियो । गत वर्ष पनि यस्तै प्रकारको घटना घटेको थियो । तत्कालीन भिसीले सरकारको असहयोगका कारणले आफूले राजीनामा दिएको अनौपचारिक टिप्पणी पनि आएका छन् । म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु टियु सिनेटको बैठक अविलम्व राखियोस्, शैक्षिक क्यालेण्डर बनाइयोस् र लाखौं युवाहरुको शैक्षिक गुणस्तर सुधार गर्दै युवाहरुको भविष्य सुनिश्चित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’

उहाँले विश्वविद्यालयका तत्कालीन भिसीले सरकारको असहयोगको कारण राजीनामा दिएको भन्ने अनौपचारिक कुराहरु आएको उल्लेख गर्दै शिक्षा क्षेत्रको विकासका लागि सरकारलाई गम्भिर बन्न पनि आग्रह गर्नुभयो ।