१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सरकारविरोधी प्रदर्शनमा ‘प्लेकार्ड’ बोकेर कसरी आए विदेशी नागरिक ?

सरकारविरोधी प्रदर्शनमा ‘प्लेकार्ड’ बोकेर कसरी आए विदेशी नागरिक ?
अ अ+ अ-

काठमाडौं । सरकारविरोधी प्रदर्शनमा कसरी सहभागी भए विदेशी नागरिक ? उनीहरूलाई सरकारका विरोध गरिएका ‘प्लेकार्ड’ बोक्न कसले लगायो ? विभिन्न नारासहितका ‘प्लेकार्ड’ बोकेर विदेशी नागरिक सडकमा उत्रिनु रहस्यमय देखिएको छ। उनीहरू प्रवेशाज्ञा(भिसा) दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न भएका हुन्। पक्राउ परेकामध्ये पाँच जना पर्यटक भिसामा आएकाहरू छन्। एक जना वैवाहिक भिसामा नेपाल बस्दै आएकी महिला छिन्। उनीहरूले अध्यागमन कानुनको उल्लंघन त गरे नै, उनीहरूका अवाञ्छित गतिविधिले मुलुकको सुरक्षामा चुनौतीसमेत पैदा गराएको छ। माइतीघर मण्डलामा शनिबार भएको तीन चिनियाँसहित ६ जना विदेशी पक्राउ परेका हुन्। अन्यमा अमेरिका, अस्ट्रेलिया र नर्वेका १र१ जना नागरिक छन्। उनीहरू अध्यागमन विभागको नियन्त्रणमा छन्। अध्यागमनले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ।

नेपालको मामिलाबारे भएको प्रदर्शनमा प्लेकार्डसहित सहभागी विदेशीलाई के कारबाही हुन्छ त ? विभागका महानिर्देशक रमेशकुमार केसीले ती विदेशीमाथि अनुसन्धान भइरहेको वताए। ‘हामीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएका छौं’, महानिर्र्देशक केसीले भने, ‘अनुसन्धानले निकालेको निष्कर्षबमोजिम उनीहरूलाई कारबाही गर्छौं।’ पक्राउ परेकामध्ये तीन चिनियाँ, अस्ट्रेलियाली र अमेरिकी नागरिक पर्यटक भिसामा आएका हुन्। नर्वेकी युवती भने वैवाहिक भिसामा नेपाल बसेको पाइएकोे छ। चिनियाँ नागरिकमा चीन ली, गुलिगो जिया, प्लुटो लीउ, अमेरिकाका स्टेफन आन थ्रोनटोन, अस्ट्रेलियाका कलानी गाकोन र नर्वेकी मारिता लिभेरोइड छन्।

उनीहरू सरकारविरोधी प्रदर्शनमा स्वयं आए वा कसैको इच्छामा ल्याइयो भन्ने अनुसन्धानको विषय बनेको छ। घुम्ने उद्देश्यले नेपाल भित्रिएका विदेशीका यस्ता गतिविधिले शंका उत्पन्न गराएको छ। प्रहरीले विदेशी नागरिक भएर सरकारविरोधी प्रदर्शनमा संलग्न भएको र लकडाउन उल्लंघन गरेको अभियोग लगाएको छ। उनीहरू अधिकांश ठमेलमा बस्दै आएका थिए। पक्राउपछि थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई अध्यामगन विभागमा बुझाएको छ। सरकारविरोधी प्रदर्शनलाई लिएर विश्लेषकले विभिन्न कोणबाट टिप्पणी गरिरहेका बेला प्लेकार्डसहित विदेशी भेटिनु संयोग मात्र हुन नसक्ने विभिन्न सुरक्षा सम्बद्ध अधिकारी बताउँछन्। अन्नपुर्णपोष्ट दैनिक