३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहको छानबिन समितिको निष्कर्षः रुकुम घटना हत्या नै



अ+ अ-

काठमाडौं । पश्चिम रुकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले घटनामा निधन भएकाहरूको हत्या नै गरिएको निष्कर्ष निकालेको छ । नृशंस रूपमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले अनुसन्धान सकेर घटनामा ज्यान गुमाएका सबैको हत्या भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो । समितिका एक सदस्यले समितिले घटनाको स्थलगत अनुसन्धानपछि अवस्थाको विश्लेषण गरेर प्रतिवेदनसमेत तयार गरिसकेको र घटनामा परी ज्यान गुमाएका सबैको हत्या नै भएको पाइएको जानकारी दिए । ‘घटनामा ज्यान गुमाएकाहरूको हत्या नै गरेर भेरीमा फालिएको हाम्रो छानबिनले देखाउँछ, अनुसन्धान सकेर प्रतिवेदन तयार गरिसकेका छौं । निष्कर्ष त्यही हो, प्रतिवेदन सार्वजनिक गर्ने म्यान्डेड भने हामीलाई रहेन,’ समितिका एक सदस्यले राजधानीसँग भने ।

घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपछि गत १३ जेठमा गृहमन्त्री रामबहादुर थापाले गृह मत्रालयका सह–सचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेका थिए । समितिमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका एक जना उपसचिव छन् । मन्त्रालयले समितिलाई आइतबार नै घटनाको अनुसन्धानका लागि थप एक साताको समय दिएको छ । गत १० जेठमा रुकुम पश्चिम चौरजहारीकी मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न जारजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । केटा आएको देख्नेबित्तिकै केटी पक्षले केटा पक्षमाथि ढुंगामुढासहित आक्रमण गरेपछि सोही क्रममा ६ जनाको ज्यान गएको थियो । उनीहरूको शवसमेत बाँधेर फालिएको अवस्थामा भेरी नदीमा फेला परेको थियो । घटनामा परी केही भने घाइते भएका थिए भने केहीले आत्मसमर्पण गरेपछि बाँच्न सफल भएको बताइएको थियो ।

प्रहरीले समेत आइतबार नै घटनामा नवराजसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सरकारी वकिलको कार्यालयले समेत जिल्ला अदालतमा मुद्दा पेस गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रूपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानको निष्कर्ष छ । घटनामा परी निधन भएकाहरूको शव खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो । भेरीमा शव बगाएको अवस्थामा सशस्त्रको गोताखोर टोलीले शव फेला पारेको थियो ।

३४ जनाविरुद्ध जिल्ला अदालतमा जन्मकैद मुद्दा दर्ता
रुकुम पश्चिम । रुकुमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछिको हत्या घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारका रूपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरिएको छ । मुद्दा लागेकामध्ये पाँच जना फरार छन् भने बाँकी सबै पक्राउ परेका छन् ।

गत १० जेठमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीका स्थानीयको आक्रमणमा परेर ६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । घटनामा परी मारिएका भेरी नगरपालिका–११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका ४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो । १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो । अहिलेसम्म यो घटनामा २९ जना पक्राउ परेका छन् । राजधानी दैनिक