१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबदेखि केन्द्रिय समितिका सबै बैठकको लाइभ हुन्छः देउवा



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले आगामी दिनमा केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा नेताहरुको प्रश्नको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले आगामी दिनमा बस्ने केन्द्रिय समितिको बैठकको सबै प्रत्यक्ष प्रशारण हुने बताउनुभएको हो ।

उहाँले प्रत्यक्ष प्रशारण गरेको भए केन्द्रिय समितिको बैठक अझ राम्रो हुने धारणा राख्नुभयो । केन्द्रिय समितिमा नेताहरुले बोलेका कुराहरु बाहिर गएर सबै सञ्चारकर्मीहरुसँग भन्ने गरेको भन्दै भित्र सञ्चारमाध्यमलाई प्रवेश गर्न दिनु र नदिनुको अर्थ नरहने बताउनु भयो । आगामी दिनमा सबै केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण हुने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यसको प्रत्यक्ष प्रशारण गर्न पाएको भए राम्रो हुने रहेछ, यहाँ भएका सबै कुराहरु बाहिर गएर नेताहरु बोलिहाल्ने रहेछन् । अबदेखि प्रत्यक्ष प्रशारणको समझदारी लागू गर्ने हो । सबै साथीहरुलाई बोल्ने इच्छा छ, राम्रो बोल्छन् सबै । सबैलाई लाइभमै बोल्ने इक्षा पनि छ ।’

सभापति देउवाले मिडियामा आफ्ना भनाइहरु लैजाने चाहना सबै नेताहरुलाई रहेकाले आगामी दिनमा प्रत्यक्ष प्रशारण हुने बताउनु भयो ।