४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यक सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का विषयमा सचेत रहन आग्रह गर्नुभएको छ ।

रसुवामा आएको बाढीका कारण ठूलो क्षति भएका बेला प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिन दिएर आवश्यक सतर्कना अपनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले विपद् व्यवस्थापन विभागले सम्पर्कका लागि दिएका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयम्सेवकसँग सम्पर्क गर्नसमेत आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ–

त्रिशुली नदी लगायत केही नदीहरूको जलसतह बढेका समाचारहरु आएका छन् । जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔं । विपत् व्यवस्थापन विभागले सम्पर्कका लागि दिएका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सम्पर्कमा रहौं ।

आफू सुरक्षित होउँ, अरूलाई पनि सुरक्षित राखौं ।