१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सुदूरपश्चिममा ९३ प्रतिशत संक्रमिता भारतबाट फर्किएका

सुदूरपश्चिममा ९३ प्रतिशत संक्रमिता भारतबाट फर्किएका
अ अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना संक्रमण देखिएकामध्ये झण्डै ९२।८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजनाको मृत्यु र २६ जना निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका तथ्यांक सहायक धर्मानन्द गिरीका अनुसार संक्रमितमध्ये २३४ जना भारतबाट फर्किएकाहरुमा देखिएको छ । त्यसैगरी सुदूरपश्चिममा भारतबाट बाहेक एकजना दुबईबाट फर्किएका धनगढीका युवकमा यहाँ पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । उनी अहिले उपचारपछि निको भइसकेका छन् । ‘अहिले तीन सुरक्षाकर्मी, चार स्वास्थ्यकर्मी र दुईजना सवारी चालकमा समेत संक्रमण देखिएको छ’ निर्देशनालयका तथ्यांक सहायक गिरीले भने, ‘संक्रमितमध्ये ९२.८५ प्रतिशत भारतबाट फर्किएकाहरुमा देखिन्छ ।’

त्यसैगरी सुदूरपश्चिम घर भई अन्यत्र जिल्लामा रहेकाहरुमा समेत कोरोना संक्रमण देखिएर उपचार भइरहेको छ । ‘डडेल्धुराका एक कर्मचारी, एक कैलालीका वडाध्यक्ष, बाँके, काठमाडौँ, वीरगञ्ज र इटहरीबाट आएका एक÷एकजनामा समेत संक्रमण देखिएको छ’ उनले भने, ‘सक्रमितहरुको उपचार भइरहेको छ ।’ भारतबाट आएर कोरोना संक्रमण पुष्टि हुनेमा अधिकांश यहाँका क्वारेन्टिनमै बसेको अवस्थामा देखिएको छ । यहाँका ८८ वटा स्थानीय तहमा सञ्चालनमा रहेको क्वारेन्टिनमा नौ हजार ९४७ महिला र ४९ हजार ४८५ पुरुष गरी ५९ हजार ४३२ जना रहेका छन् । शनिबारसम्म सुदूरपश्चिम प्रदेशको कैलालीमा ८३, कञ्चनपुरमा ५४, डडेल्धुरा ३९, बाजुरा २०, अछाम १५, बझाङमा १४, दार्चुलामा १२, डोटीमा नौ र बैतडीमा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी तोकिएको समयसम्म क्वारेन्टिन बसेर सुदूरपश्चिमबाट २२ हजार ७८ जना घर फर्किएका छन् । गत चैत महिनामा सुदूरपश्चिमका नाकाहरुबाट भारतबाट एक लाख ४३ हजार नागरिक स्वदेश फर्किएका थिए भने जेठ महिनामा एक लाख १० हजारभन्दा बढी नागरिक भारतबाट फर्किएको स्थानीय प्रशासनको भनाइ छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट जेठमा २८ हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका मध्ये अधिकांश सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । ‘भारतबाट आउनेहरुको सीमामा लगत संकलन गर्नाका साथै सम्बन्धित पालिकाको क्वारेन्टिनमा पुर्‍याउने विषयमा हामीले समन्वय गरिरहेका छौँ’ कञ्चनपुरका सहायक प्रजिअ गोकर्णप्रसाद उपाध्यायले भने, ‘भारतबाट आउनेको संख्या घटिरहेको छ ।’

त्यसैगरी कैलालीको त्रिनगर भन्सारबाट जेठमा ८५ हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । यहाँबाट भित्रिनेहरु भारतको विभिन्न स्थानबाट मजदूरी गरेर फर्किनेहरु बढी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । त्यसैगरी यहाँको पहाडी जिल्ला दार्चुला र बैतडीको सीमा क्षेत्रबाट पनि भित्रिने क्रम चलिरहेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म परीक्षणको दायरा पनि साँघुरो नै रहेको छ । यहाँ पिसिआर विधिबाट आठ हजार ६७८ जनाको कोरोना परीक्षण गरिएको छ । क्वारेन्टिनमा बसिरहेकाहरुले १४ दिन पूरा गरिसक्दा पनि संक्रमण जाँच नहुँदा आक्रोश व्यक्तसमेत गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित कृष्ण उच्च माविमा क्वारेन्टिन बसिरहेका लक्ष्मण चौधरीले समयमा जाँच हुनुपर्ने बताए । ‘लालबालासहित परिवारकै १६ जना भारतको गुजरातबाट आएर यहाँ क्वारेन्टिन बसिरहेका छौँ,’ उनले भने, ‘यहाँ त अरू व्यवस्थापन त परै जाओस् लामखुट्टेले टोकेर हैरान बनाएको छ । यसैले अर्को रोग लाग्ला भन्ने डर छ ।’ नगरपालिकाभित्र आरडिटी पोजेटिभ देखिएका सबैलार्ई यहाँ ल्याएर राखिरहेकाले खाना, पानी सबै एउटैमा हुँदा संक्रमणको जोखिम झन् बढेको उनको भनाइ छ ।

क्वारेन्टिनबाट कोरोना परीक्षण नगरी घर पठाइएका ११ जनामा कञ्चनपुरको लालझाडी गाउँपालिकामा संक्रमण देखिएको थियो । लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन बडायकले परीक्षणका लागि किट अभाव रहेको बताए । उनले गाउँपालिकामा एकजना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । सौर्य दैनिक